इरानको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा


काठमाडौँ।

इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार झा रिहा भएको जानकारी औपचारिक रूपमा प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइनेछ।

झाको रिहाइबारे उनका परिवारजनलाई पनि सरकारी निकायमार्फत जानकारी गराइएको छ। केहीबेरअघि मात्रै आफूहरूले झा रिहा भएको खबर पाएको परिवार स्रोतले बताएको छ ।

अमृत झा इजरायल–अमेरिका र इरानबीच तनाव चर्किनुअघि इन्धन ल्याउने काममा इरान पुगेका थिए । दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाज सञ्चालन गर्दै आएका थिए ।

काठमाडौँ .

इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्रालयले बुधबार झाको रिहाइ भएको औपचारिक पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार झा रिहा भएको सूचना प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइनेछ। साथै, उनको रिहाइबारे परिवारलाई पनि सम्बन्धित सरकारी निकायमार्फत जानकारी गराइसकिएको छ।

परिवार स्रोतका अनुसार उनीहरूले केही समयअघि मात्रै झा मुक्त भएको खबर पाएका हुन्।

अमृत झा इजरायल–अमेरिका र इरानबीच तनाव बढ्नुअघि इन्धन ढुवानीका लागि इरान पुगेका थिए। दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्कने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए।

झा करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए र ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीअन्तर्गत जहाज सञ्चालन गर्दै आएका थिए।