गृहमन्त्री गुरुङ र स्वीस राजदूत डानियेलबीच भेटवार्ता


काठमाडौँ।

गृहमन्त्री सुधन गुरुङ र स्वीस राजदूत डानियेलबिच भेटवार्ता भएकाे छ । आज गृहमन्त्रालयमा मन्त्री गुरुङ र स्वीस राजदूत डानियेलबिच शिष्टाचार भेटवार्ता हाे ।

उक्त भेटवार्तामा गृहमन्त्री गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरेका छन् । उनले भ्रष्टाचारसँगै अन्य कसुरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका लागि सहकार्य गर्न आग्रह गर्दै त्यस्ता रकम देखिएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउने व्यवस्था गर्न आग्रह गरे।

उक्त भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् । भेटघाटको राजदूतले दुई देशको सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएकी थिइन् । मन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको जानकारी गराए ।