काठमाडौँ ।
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसद् र पार्टीलाई अलग–अलग रूपमा हेर्ने प्रवृत्तिले पार्टी कमजोर बनेको बताएका छन्।
ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनमा बोल्दै उनले अब पार्टी र संसद्लाई एउटै सोच र ट्र्याकमा अघि बढाइएको दाबी गरे।
आङ्देम्बेले संसद्मा संख्याभन्दा जनसरोकारका मुद्दा महत्वपूर्ण हुने भन्दै कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर भूमिका खेल्ने बताए।
उनले विगतमा सत्ता प्राप्तिका क्रममा विभिन्न दलसँगको सहकार्यले कांग्रेसको मौलिक पहिचान प्रभावित भएको स्वीकार गर्दै अब संगठन सुदृढीकरण र पहिचान पुनःस्थापनामा ध्यान दिनुपर्नेमा जोड दिए।











प्रतिक्रिया