काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गरेका छन्। अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष भएकोमा प्रश्न उठाउँदै निर्वाचनका क्रममा विभिन्न राज्य निकायहरूको भूमिकाबारे भविष्यमा तथ्य बाहिर आउने दाबी गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको उल्लेखनीय सफलता अस्थायी ‘सुनामी’ मात्र भएको टिप्पणी गर्दै यसको पृष्ठभूमिबारे खोजी भइरहेको बताए। साथै, महिला र दलित अधिकार सुनिश्चित गर्न आफ्नो पार्टीको ऐतिहासिक योगदान रहेको दाबी गर्दै नेता–कार्यकर्तालाई विचलित नहुन र दृढतापूर्वक अघि बढ्न आग्रह गरे।











प्रतिक्रिया