काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो र वितरणमुखी भएको टिप्पणी गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बजेटले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति अपनाएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् सरकारको बजेटमा चालु खर्च उच्च र पुँजीगत खर्च न्यून रहेको उल्लेख गर्दै ऋण र पुँजीगत खर्चबीच असन्तुलन देखिएको बताए। चालिसेका अनुसार राजस्व संकलनको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसको आधार कमजोर छ।
कांग्रेसले किसान, गरिब तथा उत्पादनमुखी क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको दाबी गर्दै बजेटले उत्पादन र निर्यात प्रवर्द्धनभन्दा उपभोगमुखी नीति अवलम्बन गरेको जनाएको छ।











प्रतिक्रिया