भक्तपुर ।
गट्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले नयाँ वर्ष २०८३ को अवसरमा ‘न्यू इयर इभ सेलिब्रेसन’ तथा होटलमा नयाँ कोठा लन्च गर्ने भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा उदाउँदै गरेको आधुनिक आतिथ्य गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको सो होटलले सेवा विस्तारसँगै पर्यटक तथा ग्राहकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।
होटलले नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गर्न लागेको विशेष कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । कार्यक्रमलाई रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् ।
त्यस्तै नृत्य प्रस्तुतितर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन १ की विजेता) र विरेन श्रेष्ठ (नेपहोलिक क्रु, डान्स प्लस सिजन ३) को विशेष प्रस्तुति रहनेछ । यससँगै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा आकर्षक काउन्टडाउन सेलिब्रेसनले कार्यक्रमलाई अझ जीवन्त बनाउने होटल व्यवस्थापनले जनाएको छ ।
कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ । होटल परिसरलाई विशेष सजावटसहित उत्सवमय वातावरणमा रूपान्तरण गरिनेछ ।
यसै अवसरमा होटलले नयाँ डिजाइनका डिलक्स कोठाहरू सञ्चालनमा ल्याएको छ । आधुनिक इन्टेरियर, अन्तर्राष्ट्रिय स्तरका सुविधा र उच्चस्तरीय सेवा मापदण्डअनुसार तयार गरिएका कोठामा पाहुनाको आराम, गोपनीयता र सुविधालाई प्राथमिकता दिइएको छ ।
प्रारम्भिक बुकिङ गर्ने पाहुनाका लागि विशेष अफर ल्याइएको छ भने ‘बीबी प्लान’ (बेड एण्ड ब्रेकफास्ट) सहितको पूर्ण सेवा सुविधा उपलब्ध हुनेछ । होटलले दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा गुणस्तरीय बसोबास विकल्प विस्तार गर्ने लक्ष्य राखेको छ ।
होटल व्यवस्थापनका अनुसार गट्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफ स्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । कोटेश्वरबाट करिब पाँच मिनेटको दूरीमा अवस्थित होटल सहज पहुँचका कारण पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।
होटलमा करिब ५०० जना अट्ने क्षमताको रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त हलहरूको सुविधा उपलब्ध छ । यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ, सम्मेलनका कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य लिएको छ ।
होटलले साप्ताहिक मनोरञ्जन कार्यक्रम, उत्कृष्ट खाना तथा पेय पदार्थ सेवा, मेम्बरसिप योजना मार्फत ग्राहकलाई प्रत्येक खरिदमा प्वाइन्ट प्रदान गर्ने व्यवस्थासमेत ल्याएको छ । यसले नियमित ग्राहकलाई आकर्षित गर्ने र दीर्घकालीन सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।











प्रतिक्रिया