सुन घट्यो, चाँदीको मूल्य उकालो लाग्यो


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ। बिहीबारको तुलनामा प्रतितोला १०० रुपैयाँले घट्दै सुन २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदी भने प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।