आफूले आफूलाई नै चिन्नु आवश्यक छ

752
Shares

संसारमा अहिले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुनु एउटा निकै ठूलो समस्या भएको छ । हामी पर्यावरणलाई जोगाउने कुरा त धेरै गर्छौं तर वास्तवमा हामी यसप्रति सचेत छैनौँ । वातावरणलाई संरक्षण गर्न तथा यो धर्तीलाई अभैm सुन्दर अनि बस्नयोग्य बनाउनका लागि हामी जागरुक हुनु अति आवश्यक छ ।

यदि यो विश्वलाई हामीले आफ्नै घर ठान्ने हो भने जसरी हामी आफ्नो घरलाई सफासुग्घर गरेर राख्छौँ । हरेक चीजलाई जोगाएर राख्छौँ । नयाँ–नयाँ रङ्ग लगाउँछौँ । घरलाई सजाउँछौँ, जसले गर्दा घर राम्रो देखियोस् । त्यसरी नै हामीले यो सम्पूर्ण संसारलाई पनि आफ्नो घरका रूपमा बुझ्न थालेपछि यो विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को समस्या पनि समाप्त हुनेछ । यो सिङ्गो पृथ्वी नै हाम्रो घर हो तर हामी आफ्नै घर भत्काउनमा उद्यत भइरहेका छौँ । परिणामतः सबैमा यसको प्रभाव पर्छ । तथापि, जुन दिन हामी यो संसारलाई, यो पृथ्वीलाई अपनाउँछौँ– ‘यो मेरो पृथ्वी हो’ त्यस दिन हामी यो पृथ्वीमा हानि पु¥याउने कार्यबाट पछि हट्छौँ ।

आज विज्ञान र प्रविधिको होडबाजी छ । हामी उन्नति गरिरहेका छौँ, अघि बढिरहेका छौँ, तथापि योसँगसँगै आपैmँबाट टाढा पनि गइरहेका छौँ । विनाशकारी हतियार बनाउनका लागि पनि प्रविधिको प्रयोग हुन सक्छ अनि मानिसको कल्याणका लागि पनि ।

तथापि, हामी कसरी प्राविधिक प्रगतिलाई मानवता र शान्तिका लागि उपयोग गर्न सक्छौँ त ! जसरी यदि हामीलाई कुनै चीज आवश्यक छैन भन्ने लाग्यो भने हामी त्यसतर्पm ध्यान दिँदैनौँ । त्यसै गरी के यो संसारमा शान्ति हुनुपर्छ भन्ने आवश्यकतालाई बोध गर्छौँ त ! के यसले हाम्रा लागि पनि कुनै महत्त्व राख्छ या राख्दैन ! यदि केवल कुरा मान–सम्मानको हो भने मानिसका लागि कुनै सीमा नै हुँदैन । यदि मानिसले मेरो पनि कुनै जिम्मेवारी छ भनेर बुझ्न थाले भने त्यो प्रविधिको प्रयोग मानिसहरूको भलाइ होओस् भन्ने उद्देश्यले मात्रै हुन थाल्नेछ । यसर्थ दुवै खाले कुरा छन् ।

उदाहरणका लागि यदि एकजना क्याप्टेनले उनका जहाजका यात्रुहरूको रक्षा गर्नु उनको जिम्मेवारी हो भन्ने कुरा बोध गरे भने ती यात्रुको रक्षा गर्नतिर उनको ध्यान जानेछ । यदि उनले यो जिम्मेवारी बोध गरेनन् भने त्यही जहाजलाई पहाडतिर ठोक्काउन पनि सक्छन् । अतः यो कुरा मानिसमा निर्भर रहन्छ । कुनै पनि प्रविधि हामीकहाँ आएपछि हामीले त्यसको सदुपयोग गर्नेछौँ या दुरुपयोग गर्नेछैनौँ भन्ने कुरा हाम्रो सोचमा आधारित हुन्छ । यसको सदुुपयोग या दुरुपयोग, यी दुवै कुरा मानिसको बुझाइमा निर्भर गर्दछ ।

वर्तमान समयमा हामी सबै मोबाइल फोन र सामाजिक सञ्जालमा अभ्यस्त भएका छौँ । हाम्रो धेरैभन्दा धेरै समय यसैमा खर्च हुन्छ । हामी सबै यो लत (बानी) बाट बच्न चाहन्छौँ तर कसरी बच्ने ! किनभने, एउटा लत सामाजिक रूपमा स्वीकार्य हुन्छ भने अर्को लत सामाजिक रूपमा स्वीकार्य नहुने पनि हुन्छ । जुन कुरा सामाजिक रूपमा अङ्गीकार गर्न योग्य हुँदैन, त्यसका लागि हामी सबैथोक गर्न तयार हुन्छौँ । जुन सामाजिक रूपमा स्वीकार्य हुन्छ त्यसलाई कुनै वास्ता गरिरहेका हुँदैनौँ । तथापि, मानिसहरूले के कुरालाई भुल्छन् भने दुवै लत नै हुन् । दुवै लत मानिसका लागि खराब हो ।

यो समाजमा, यो बाहिरको संसारमा सबै कुरा सन्तुलित हुनुपर्छ । प्रविधिको प्रयोग पनि सन्तुलित ढङ्गले गर्नुपर्छ । खाना पनि चाहिँदो मात्रामा मात्रै खानुपर्छ । शारीरिक व्यायाम पनि सन्तुलित हुनुपर्छ । हरेक कुरा सन्तुलित हुनुपर्छ । हामीले तिनलाई बुझेर अपनाऔँ । सबैभन्दा राम्रो कुरा त त्यही नै हुनेछ । अर्थात् तनावमा होइन । यो सामाजिक स्वीकारोक्तिको रोग हो । हरेक मानिस समाजले स्वीकार गरोस् भन्ने चाहन्छ ।

मानिसले त उसका साथी होऊन् अनि सबैले उसलाई स्वीकार गरून् भन्ने चाहन्छ तर किन ! किनभने, उसले आपूmले आपूmलाई चिन्दैन । त्यसकारण ऊ के चाहन्छ भने अरू मानिसले उसलाई चिनून् । अरू मानिसहरूले त्यसमा जस्तो प्रतिक्रिया जनाउनेछन्, त्यसैका आधारमा उसले आपूmले आपूmलाई चिन्नेछ । तथापि, यसरी उसले आपूmले आपूmलाई चिन्न सक्नेछैन । सामाजिक स्वीकारोक्ति त मानिसलाई पहिलादेखि नै चाहिएको थियो, यो नयाँ कुरा होइन ।

सामाजिक स्वीकारोक्ति तिनैलाई चाहिन्छ, जसले आपूmले आपूmलाई चिन्दैनन् । आपूmले आपूmलाई बुझेपछि मानिसहरू अरूतिर मोडिँदैनन् । अनि, प्रविधिका माध्यमबाट मानिसहरूले जानकारी प्राप्त गर्न सक्छन् र आफ्नो लक्ष्यसम्म पुग्न पनि सक्छन् । यसर्थ आपूmले आपूmलाई नै चिन्नु आवश्यक छ ।

यो प्रकृतिमा तीनवटा कानुन छन् । तपाईं जन्मनुभयो, तपाईं जीवित हुनुहुन्छ अनि एकदिन तपाईंले जानुपर्नेछ । तपाईंले याद गर्नुपर्ने कुरा भनेकै तपाईंका लागि त्यो कानुन फेरिएको छैन । तपाईंमा अहिले पनि प्रकृतिका तीन कानुन लागू नै छन् । यदि तपाईंले ती कानुनहरूलाई बिर्सनुभयो भने पनि कृपया के नभुल्नुहोला भने, श्वास नै मानिसको जीवनको आधार हो ।

मानिसको वास्तविक क्षमता नै आफूले आफूलाई चिन्ने, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउने हो । यदि तपाईं आफ्नो जीवनमा कुनै पनि कारणले असफल हुनुभएको छ भने त्यो असफलतालाई कहिल्यै पनि स्वीकार नगर्नुहोस् । तपाईं बाल्यकालमा तातेताते गर्नका लागि कोशिश गरिरहँदा कैयौँपटक हिँड्ने प्रयास गर्दै उठ्नुहुन्थ्यो अनि लडिहाल्नुहुन्थ्यो । तर, तपाईंले हिँड्न नसिकुन्जेलसम्म त्यो असफलतालाई पटक्कै स्वीकार गर्नुभएन । फलतः तपाईंले हिँड्न सिक्नुभयो । आपूmमाथि विश्वास राखेर आफ्नै क्षमताको सहाराले अघि बढ्ने मानिसलाई अवश्य पनि सफलता प्राप्त हुन्छ ।

हामीभित्र श्वास आइरहेको कारणले नै यो सामथ्र्य पनि छ । अर्थात्, हामी जीवित छौँ । यो कुरालाई सामान्य नठान्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, वास्तवमा जीवित हुनाले नै मानिसमा क्षमता छ । तपाईंलाई यो वास्तविकता बोध भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ र तपाईंको साँचो क्षमता के हो भन्ने कुरा थाहा हुनेछ । तपाईंलाई सृष्टिकर्ताले उपहारका रूपमा त्यो क्षमता दिएका छन् ।

एकपटक एकजना राजाले आफ्ना मालीलाई बोलाएर भनेछन्, ‘पहाडमाथिको मेरो महलमा एउटा एकदमै सुन्दर बगैँचाको निर्माण गरिदेऊ ।’ राजाको आदेशलाई मानेर माली बगैँचाको निर्माणतर्पm जुटे । पहाडको फेदमा एउटा नदी थियो । ती माली दुईवटा ठूला–ठूला गाग्रालाई काँधमा अघि–पछि पारेर बोक्दै हरेक दिन तल नदीमा पानी भर्न जान्थे । अनि, बल्लतल्ल महलसम्म पुगेर आपूmले तयार पारेको बगैँचामा पानी लगाउने गर्थे ।

निकै समय यही क्रमअनुसार बित्दै गयो । एकदिन दुईवटा गाग्रामध्ये पछाडितिरको गाग्रो कुनै चीजसँग ठोक्किएर त्यसमा प्वाल पर्न पुग्यो । सधैँ ती माली पहाडबाट तल झर्थे । दुवै गाग्रामा पानी भर्दथे । उनी महलसम्म आइपुग्दा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्थ्यो तर पछाडिको गाग्रो भने चुहिएर रित्तो भइसक्थ्यो ।

एकदिन अगाडिको गाग्रोले पछाडिको गाग्रोलाई भन्यो, ‘तिमी त अब कुनै कामका लागि लायक नै छैनौ । तिमी त प्वाल परिसक्यौ । मेरो कारणले राजाको बगैँचा यति धेरै हराभरा भएको छ, किनभने मैले मात्रै पानीलाई यहाँसम्म ल्याइपु¥याउँछु । तिमीमा त यहाँसम्म आइपुग्दा एक थोपा पनि पानी बाँकी रहँदैन । अब तिमी बेकम्मा भइसक्यौ ।’

पछाडिको गाग्रोले आपूm कुनै कामको लायक नरहेको भन्ने लाञ्छना सुनेपछि उसलाई अत्यन्तै दुःख लाग्यो । अर्काे दिन माली आए । दुवै गाग्रातिर नजर लगाए । उनलाई पछाडितिरको गाग्रो निकै उदास भएको महसुस भयो । त्यसपछि मालीले सोधे–

‘तिमीलाई के भयो, किन उदास छौ ?’अनि त्यो गाग्रोले भन्यो, ‘अगाडिको गाग्रोले त म अब कुनै कामको लायक नै छैन रे
भन्छ ! तपाईं बिहानै पानी भरेर बगैँचामा आइपुग्नुहुँदा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्छ तर ममा त प्वाल परेको छ । एक थोपा पनि पानी बाँकी रहँदैन । अगाडिको गाग्रोको भनाइ के छ भने, उनकै कारणले यो बगैँचा हराभरा भएको छ, मेरो कारणले त केही हुन सक्दैन ।’

मालीले हाँस्दै भने, ‘तिमी यो रहस्य बुझ्दैनौ । तिमीमा प्वाल भएको थाहा हुँदाहँदै पनि मैले तिमीलाई फ्याँकिन । मैले तिमीलाई सधैँ तल लगेर तिमीमा पनि पानी भर्छु र माथिसम्म ल्याउँछु । अँ, यो कुरा त ठीकै हो जति पनि बगैँचा हराभरा भएको छ, त्यो त अगाडिको गाग्रोको कारणले नै भएको छ । तर, के तिमीले देखेका छैनौ ? त्यो नदीबाट माथि बगैँचासम्मका जाने बाटोको किनारमा जति पनि थरीथरीका फूलहरू फुलिरहेका छन्, ती तिम्रै कारणले त फुलेका हुन् । तिनीहरू सबैले तिम्रो कारणले नै पानी पाउँछन् । अर्कोको कारणले त केवल एउटा मात्रै बगैँचा हराभरा भएको छ तर तिम्रो कारणले त बाटोभरि हराभरा छ । किनभने, तिनीहरूले तिम्रै कारणले पानी पाएका छन् ।’

यो कुरा सुनेपछि त्यो गाग्रो असाध्यै खुशी भयो । ऊ अभैm पनि काम लाग्ने चीज भएको कुरा उसलाई थाहा भयो ! हो, उसले राजाको बगैँचामा त सिँचाइ गर्न सकेन तर उसले त्यस बाटोमा यस्तो सुन्दर बगैँचा बनायो– जुन बाटोबाट सारा मानिस ओहोरदोहोर गर्ने गर्छन् । ती सबैले पूmलको सुगन्ध लिन पाउँछन् ।

यसर्थ, चाहे जस्तोसुकै परिस्थिति होओस् तर कहिल्यै पनि आपूmलाई कमजोर ठान्न आवश्यक छैन । जीवनमा हरेकको आफ्नै महत्त्व हुन्छ । यो कुरालाई बुझ्नु आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त हामी जीवित रहुन्जेलसम्म जीवित भएका कारणले नै हामीमा अनन्त सम्भावनाहरू हुन्छन् । जीवनमा चाहे जतिसुकै कठिनाइहरू आऊन् तर आफ्नो दक्षतालाई चिनेर अघि बढ्ने मानिसलाई जीवनको हरेक क्षेत्रमा अवश्य पनि सफलता हात लाग्छ ।

यस्ता मानिस कठिन समयमा पनि निराश हुँदैनन् ।हामीले हाम्रो क्षमतालाई बिर्सेका छौँ । हामी को हौँ भन्ने कुरालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको करुणालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको लगनशीलतालाई हामी बिर्सन्छौँ । हामी आपूmभित्र भएको दयालाई बिर्सन्छौँ । हामी आपूmभित्र भएको आनन्दलाई बिर्सन्छौँ । हामी एउटा मानव के हो भन्ने कुरालाई नै बिर्सन्छौँ । मानिसको बारेमा कुरा नगरी तपाईं शान्तिको बारेमा कुरा गर्न सक्नुहुन्न । किनकि, शान्ति त मानिसको हृदयमा नाचिरहेको हुन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागिwww.premrawat.com)