पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड पिम अवार्डको नवौ संस्करण आयोजना गरिने भएको छ।
अवार्डका लागि आवेदन आह्वान गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीका अनुसार अवार्ड समारोह आगामी २०८३ साल वैशाखको तेस्रो साता राजधानीमा हुनेछ। देशका विभिन्न भेगका कलाकारहरूको सहभागिता रहँदै आएको अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीत–संगीतलाई समेटिँदै आएको छ।
अवार्डमा काठे, देउडा, नेपाल भाषा, तामाङ, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू (चौधरी), शेर्पा, मगर, गुरुङ, सतार, सुनुवारलगायत विभिन्न भाषा तथा भाकाका गीत–संगीत र म्युजिक भिडियो सहभागी गराइनेछ। २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका गीत तथा म्युजिक भिडियोहरू उक्त अवार्डमा सहभागीता जनाउन सक्ने आयोजकले जनाएका छन्। अवार्ड कार्यक्रम इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा हुनेछ।











प्रतिक्रिया