काठमाडौँ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी शृङ्खलामा हालसम्म भएका दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान दुई रनले डिएलएस नियमका आधारमा हराएको थियो।
विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई अब बाँकी ११ वटै खेल जित्नुपर्ने दबाब छ। साथै एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहन आवश्यक छ।
नेपाल २५ खेलबाट १८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ भने अमेरिका ३६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्ड ३८ अङ्कसहित शीर्ष स्थानमा छ।











प्रतिक्रिया