मोरङ–६ मा शेखर कोइरालाले चुनावी खर्च कति गरेको होलान् ?अनुमान गर्नुस् ?


काठमाडौ ।

नेपाली काङ्ग्रेस नेता शेखर कोइरालाले मोरङ–६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा दर्ता गरिएको विवरणअनुसार उनले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेको उल्लेख गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनका निर्वाचन प्रतिनिधि विकास थापामार्फत उक्त विवरण आयोगमा पेश गरिएको हो।

खर्च विवरणअनुसार प्रचार सामग्री छपाइमा सबैभन्दा धेरै १६ लाख ४६ हजार ६ सय ९ रुपैयाँ १९ पैसा खर्च भएको देखिएको छ।

त्यसैगरी प्रचारप्रसारमा १ लाख १३ हजार, गाडी इन्धनमा १ लाख १६ हजार ३ सय १९ रुपैयाँ ५० पैसा र स्टेसनरी सामग्रीमा १ लाख ४ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्तै कार्यकर्ता तथा शुभेच्छुकका लागि खाजा तथा खानामा ९६ हजार ६ सय ६० रुपैयाँ, यातायातमा ७९ हजार, टेन्ट व्यवस्थापनमा ४० हजार र मसलन्द सामग्री खरिदमा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।