काठमाडौँ ।
आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ।
यस दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यबारे जनचेतना फैलाउनु र मिर्गौला रोगको जोखिम कम गर्नु हो। चिकित्सकका अनुसार मिर्गौला शरीरको संवेदनशील अङ्ग भएकाले यसको नियमित हेरचाह र समयमै परीक्षण आवश्यक हुन्छ।
नेपालमा करिब ३० लाखभन्दा बढी मानिसमा मिर्गौला सम्बन्धी समस्या रहेको अनुमान छ भने हरेक वर्ष करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताइन्छ। मिर्गौला रोगका लक्षण सुरुमा नदेखिन सक्ने भएकाले समयमै परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।
मिर्गौला स्वस्थ राख्न दैनिक करिब तीन लिटर पानी पिउन, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्न तथा स्वस्थ जीवनशैली अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।











प्रतिक्रिया