वाइरिङकाे क्रममा करेन्ट लाग्दा युवकको ज्यान गयो 


धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

छिमेकीको घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा नीलकण्ठ नगरपालिका वडा नं ८ निवासी २७ वर्षीय राजन श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।