काठमाडौँ ।
काठमाडौं,तारकेश्वर नगरपालिका–४ बालाजु फुलबारी गेट नजिकबाग्मती प्रदेश ०२(०५७ प ७४५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका–९ गुम्बा बस्नेरामेछाप घर भएकी ६९ वर्षीया फुलमाया खड्काको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्रिनसिटी अस्पताल बसुन्धारा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, परोहा नगरपालिका(८ स्थित सडकमा सरमुजवाबाट भारत बलुवा टोल जाँदै गरेको बिआर ०५एक्यू ०४३४ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार बौधीमाई नगरपालिका(४ सरमुजवा टोल बस्ने ७० वर्षीया श्री देवी जैसवालको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रौतहट,चन्द्रपुर नगरपालिका(१स्थित सडकमा ना।५ ख ६२६३ नम्बरको बसको ठक्करबाट साइकलयात्रीचन्द्रपुर नगरपालिका(१ मंगलपुर बस्ने सिकिन्द्र सहनीको छोरा १३ वर्षीय कृष्ण सहनीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा,गणेशमान चारनाथ नगरपालिका(५ चिसापानी बजारमा दमारबाट चिसापानी बजारतर्फ आउँदै गरेको साइकलअनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सबैला नगरपालिका(१३ रघुनाथपुर बस्ने ५० वर्षीय महेन्द्र पासवानको मृत्यु भएको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर हुँदै थप उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा गए राति बाटोमै मृत्यु भएको हो ।
लमजुङ,सुन्दरबजार नगरपालिका(७ कुमालटारस्थित सडकमा पाउदीबाट सुन्दरबजारतर्फ आउँदै गरेको ग।प्र।०३(००१ ह ००४० नम्बरको अटोबाट खसेर सोही नगरपालिका(६ सैनिक टोल बस्ने २९ वर्षीया चुनु गुरूङको शनिबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, हरिवन नगरपालिका(२ पाकरगाछीस्थित सडकमा हरिवनबाट लालभितीतर्फ जाँदै गरेको प्र।२(०२(००४ प ८९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भईशनिबार राति दुर्घटना हुँदाचालक हरिवन नगरपालिका(२ लालभिती बस्ने ३२ वर्षीय किरण लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चितवन,कालिका नगरपालिका(९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको बा।प्र।०६(००१ह०३१५ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा अटो चालक राप्ती नगरपालिका(९ बस्ने ३९ वर्षीय पुर्ण विक समेत ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ











प्रतिक्रिया