नेसको नयाँ नेतृत्व चयन, डा. बानियाको अध्यक्षतामा कार्यसमिति गठन


काठमाडौँ ।

नेपाल वातावरण समाज (नेस) ले नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यदिशा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट डा. बिनोद बानियाको नेतृत्वमा १५ सदस्यीय पाँचौ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नयाँ नेतृत्वमा उपाध्यक्षका रूपमा सुशील खनाल, योगेश राना मगर र मानस वस्ती चयन भएका छन्।

महासचिवमा समीर थापा, सचिवमा डा जयराम कार्की कोषाध्यक्षमा सुदिपा गौतम तथा सदस्यहरुमा डा अमृत प्रसाद शर्मा , डा कमल राज गोसाई , राजन घिमिरे उपेन्द्र कुइकेल लगायत विभिन्न क्षेत्रका अनुभवी तथा सक्रिय वातावरणविद्हरू सदस्यका रूपमा समेटिएका छन्। निवर्तमान अध्यक्ष अनिल केसी पदेन सदस्यका रूपमा समितिमा रहनेछन्। नव-निर्वाचित अध्यक्ष डा. बानिया त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा वातावरण संरक्षण अभियानमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

उनले आफ्नो कार्यकालमा अनुसन्धान, नीति संवाद र बाताबरण विद को हक हित लाइ प्राथमिकतामा राख्ने बताएका छन्। महाधिवेशनले वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न संस्थागत क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि समन्वयात्मक प्रयासलाई तीव्र बनाउने निर्णय गरेको छ।

साथै, वातावरण क्षेत्रमा कार्यरत विज्ञहरूको हकहित संरक्षण गर्दै राज्यलाई प्रभावकारी नीतिगत सुझाव दिने विषयमा पनि जोड दिइएको छ। कार्यक्रम पश्चात वातावरणविद् नवराज पोखरेलले नयाँ नेतृत्वले नेपालको वातावरण संरक्षण अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार, वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित नीति निर्माण र जनस्तरमा सचेतना अभिवृद्धि मार्फत दिगो विकासको लक्ष्य हासिल गर्न सकिनेछ। नेपाल वातावरण समाजले विगतदेखि नै वातावरणीय संरक्षण, अनुसन्धान र सचेतना अभिवृद्धि गर्दै बाताबरण क्षेत्र मा काम गर्ने हरुको हक हित मा आवाज महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नयाँ कार्यसमितिको आगमनसँगै संस्थाले अझ प्रभावकारी रूपमा आफ्नो गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।