काठमाडौँ ।
भक्तपुरस्थित मनोहरा नदी किनारका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती हटाउन आज पुनः डोजर परिचालन गरिने भएको छ। सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ।
यसअघि शनिबार बस्ती खाली गराउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा गर्दा स्थिति तनावपूर्ण बनेको थियो। गैह्रीगाउँ क्षेत्र खाली गराएपछि मनोहरा पुगेको डोजर टोलीमाथि आक्रमण हुँदा केही प्रहरी घाइते भएका थिए।
स्थानीयको प्रतिकारपछि टोली फर्किए पनि आज पुनः सो क्षेत्र खाली गर्ने सरकारको तयारी रहेको छ।











प्रतिक्रिया