काठमाडौँ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको स्ट्राइकिङ टोलिले नियन्त्रणमा लिएको हो ।
उनीहरुले सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादब र निजको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया