काठमाडौँ।
नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदको ठेक्का प्रक्रिया रद्द गरेको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक सहयोग प्रणालीसम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो ।
नेपाल टेलिकमको केन्द्रीय खरिद विभागले जारी गरेको सूचनामा आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको उल्लेख छ । उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत प्रकाशन गरिएको थियो ।
कम्पनीका अनुसार २ माघ २०८२ को निर्णयअनुसार ठेक्का प्रक्रिया रद्द गरिएको हो । यसबारे सबै इच्छुक तथा सहभागी बोलपत्रदातालाई जानकारी गराइएको सूचनामा भनिएको छ । कम्पनीले सार्वजनिक सूचनामा ठेक्का रद्द गर्नुको कारण खुलाएको छैन ।











प्रतिक्रिया