आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय भवनको भव्य उद्घाटन


वि.सं. २०८२ फाल्गुण १४ गते (२६ फेब्रुअरी २०२६) का दिन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौँ महानगरपालिका–३, पानीपोखरीस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय भवनको भव्य समारोहबीच शुभारम्भ गरेको छ । करिब २ रोपनी ६ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको झण्डै ६० हजार वर्गफुटमा निर्मित उक्त अत्याधुनिक भवनमा दुई तल्ला पार्किङसहित १२ तल्ला संरचना रहेको छ । संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा प्रविधिमैत्री पूर्वाधार विकास गर्ने उद्देश्यले निर्माण गरिएको भवनले कम्पनीको दीर्घकालीन रणनीतिक लक्ष्यलाई थप बल पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

भवनको संयुक्त रूपमा रिबन काटी उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा संस्थापक सेयरधनी चन्द्रप्रसाद ढकाललगायतले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नयाँ भवन आधुनिक डिजाइन, सुविधासम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली र सेवाग्राही मैत्री वातावरणसहित तयार गरिएको बताउँदै यसले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रवाहमा सहयोग पु¥याउने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वअध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी. तथा नेपाल बीमक संघका अध्यक्षले कम्पनीको उल्लेखनीय प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै बीमा क्षेत्रको समग्र विकासमा यस्ता पूर्वाधारले सकारात्मक सन्देश दिने बताउनुभयो । त्यसैगरी संस्थापक सेयरधनी चन्द्रप्रसाद ढकालले विगत ११ वर्षमा कम्पनीले हासिल गरेको उपलब्धि स्मरण गर्दै इमान्दारितापूर्वक गरिएको कार्यले नै दिगो सफलता दिलाउने धारणा व्यक्त गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले कम्पनीले बीमा क्षेत्रको विस्तार र जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै नयाँ संरचनाले सेवाको गुणस्तर र पहुँचमा थप सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख गराउन नीतिगत पहल गरिने संकेतसमेत गर्नुभयो ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले यो केवल भवन उद्घाटन मात्र नभई प्रतिबद्धता, विश्वास र सेवाप्रतिको अटल समर्पणको घोषणा भएको उल्लेख गर्दै सम्पूर्ण नियामक निकाय, सञ्चालक समिति, व्यवस्थापन टोली तथा कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कम्पनीले स्थापनाकालदेखि नै ग्राहकको भरोसा, नवीन सेवा र सुदृढ व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा विशिष्ट पहिचान बनाउँदै आएको उल्लेख गर्दै नयाँ भवनसँगै आगामी दिनमा अझ व्यापक जिम्मेवारी, पारदर्शिता तथा प्रविधिमा आधारित सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।