काठमाडौँ।
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका सन्दर्भमा पार्टीका निकायहरूमा ३४ बुँदे परिपत्र पठाएको छ ।
कांग्रेसले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन उम्मेदवार लगायतलाई सचेत गराउँदै मातहतका निकायमा निर्देशन पठाएको हो । पार्टीले राष्ट्रिय योजनाहरूको बारेमा केन्द्रको टोलीले दृष्टि निर्माण गर्ने र स्थानीय परियोजनाका सम्बन्धमा आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता राख्नुपर्ने भन्दै भौतिक निर्माणका परियोजनाबारे कुनै पनि क्षेत्रमा लहडका आधारमा नबोल्न आग्रह गरेको छ । पत्रमा दबाब दिएर आर्थिक सहयोग सङ्कलन नगर्न पनि निर्देशन दिएको छ ।
कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको हो । समितिले बनाएको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भइसकेको छ ।१ सय ६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको कांग्रेसले घोषणापत्र फागुन २ गते सार्वजनिक गर्ने तयारी गरेको हो ।











प्रतिक्रिया