वैशाखलाई लालीबजार


आगामी वर्ष २०८३ को वैशाख १८ गतेलाई रिलिज डेट तय गर्दै फिल्म लालीबजारको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रलाई समेटेर कथासारको झल्को दिइएको छ।


बर्दियाको राजापुरमा छायाँकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेत्री खड्काको नियमितभन्दा फरक भूमिकाले फिल्मप्रतिको उत्सुकता बढाएको छ।

फिल्मबाट विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु पाएका छन्। निर्देशक यम थापाको कथा र निर्देशनमा निर्माणाधीन फिल्ममा पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका छन् भने संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको, द्वन्द्व निर्देशन सम्राट बस्नेत, कला निर्देशन उमेश चौधरी, छाया“कन निर्देशन सुशन प्रजापती, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ तथा सम्पादन मित्रदेव गुरुङको रहेको छ।

षट्कोण आर्टस्को ब्यानरमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानिया“ निर्माता तथा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्ममा जेबी रुवाली क्रिएटिभ निर्देशक रहेका छन्।