ईनम प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीसँग विश्वप्रकाशको माग


काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटा प्रकरणको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले कांग्रेस सभापति गगन थापालगायत नेताविरुद्ध बयान दिन दबाब दिइएको र नदिए फसाइदिने धम्की दिएको भन्ने उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको उजुरी झुटो हो वा राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।

शर्माले प्रकरणको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्। उनले ईनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र नहेरी यससँग जोडिएका सम्पूर्ण सत्यतथ्य नागरिकसमक्ष सार्वजनिक गर्नुपर्ने बताएका छन्।

यसैबीच, गगन थापालगायत शीर्ष नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको दाबीसहित ईनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। उनले आफ्नी श्रीमती कविता पाण्डे (सापकोटा) मार्फत आफू र आफ्नो परिवारको जीवनरक्षाको मागसमेत गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।