वीर अस्पतालमा लिफ्टसहितको आकासे पुल निर्माण हुँदै


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्। उक्त पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या ओसारपसार गर्न मिल्ने गरी लिफ्ट जडान गरिनेछ। हाल अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा बिरामी लैजान सडक पार गर्नुपर्ने बाध्यता छ।

आकासे पुल र लिफ्ट सञ्चालनमा आएपछि बिरामीलाई सडक पार गराएर लैजानुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

त्यस्तै, पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्टसँगै भर्‍याङसमेत निर्माण गरिने काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।