उदयपुर प्रहरीद्धारा २६ हजार ७सय ७० बोट गाँजा नष्ट


उदयपुर ।

जिल्ला प्रहरी कायाृलय उदयपुर र मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टको सहयोगमा उदयपुर जिल्लाका विभिन्न पालिकाहरुका गाउँमा अबैध रुपले लगाइएका २६ हजार ७ सय ७० बोट गाँजा चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा प्रहरीले नष्ट गरेको छ ।

जिल्लाभित्रका विभिन्न पालिकाहरुका गाउँमा गाउँभन्दा केही पर अरुले नदेख्ने र मानिस कम जाने ठाउँमा पाखो, भिरालो तथा सम्म परेको जग्गामा गाँजा खेती गर्ने गरेको पाइएको छ । गाँजा खेती अबैध हो भन्ने थाहा हुँदै हुँदै पनि महंगो मूल्यमा बिक्री हुने भएकोले अतिरिक्त आम्दानीकालागि स्थानीयहरुले लुकाएर प्रहरी प्रशासन तथा अरुको नजरमा नपर्ने गरी खेती गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८३ ।०८४को साउन महिनादेखि हालसम्मको अवधिमा जिल्लाको बेलका नगरपालिका, कटारी नगरपालिका, ताप्लस् गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाको विभिन्न वडाहरुमा स्थानीयले आफ्नो बारीमा लगाइएको २६ हजार ७ सय ७० बोट गाँजा र विरुवा विभिन्न मितिमा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार उपलब्ध गराएको जानकारी अनुसार मंरि ७ गते सोमबारका दिन कटारी नगरपालिकाको वडा नं ८ स्थित मर्जेपुर, आहाले, बलोटे, टाँटरी, ेउरेनी र बबला गाउँमा लगाइएको १० हजार ६सय बोट इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नष्ट गरेको हो ।

यसैगरी पुनः टाँटरीबाट नै १ हजार ५ सय बोट अबैध रुपमा लगाइएको गाँजा नष्ट गरिएको छ । मंसिर ५गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिल र अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं ७को पावला र तिलितलेबाट ६ हजार ३ सय बोट गाँजा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गत कार्तिक १९ गते लिम्चुङबुङ गाउँपालिका वडा नं २ जिमी गाउँ, मटुवा छतिवने ३ नं को बाराहा ४ नं को माझगाउँ, बलम्ता लगायतका गाउँबाट १ हजार ९सय ५० बोट गाँजा नष्ट गरेको छ ।

ताप्ली गाउँपालिकको वडा नं १ मादले, ५ नं को पिपल भन्ज्याङ, कटहरे गाउँबाट रुपाटारस्थित प्रहरी चौकीबाट खटिएको टोलीले ६ सय २५ बोट , ताप्ली कै वडा नं ५ स्थित दगले, निगालबास र शिखरपुरबाट प्रहरी चौकी रामपुर झिल्केको टोलीले १ सय २५ बोट गााजा नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक गणेश बहादुरबमले बताउनु भयो ।

सूचना अधिकारी बमका अनुसार प्रहरी चौकी सोरुङछविसेको टोलीले कटारी नगरपालिका वडा नं ९ कालिखोलाबाट २० बोट ,अस्थायी प्रहरी पोष्ट मैनामैनीको टोलीले बेलका नगरपालिका वडा नं ७ खमारे म्युङटार, पित्लास र केक्रा गाउँबाट ३ हजार १ सय ५० बोट गााजा नष्ट गरेको छ ।

यसैगरी अस्थायी प्रहरी पोष्ट बेतिनीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका वडा नं८भण्टाबारी आहाले र मरुवाखानीबाट २ हजार ५ सय बोट गाँजा नष्ट गरिएको सूचना अधिकारीले बताउनु भयो ।

नेपालमा सरकारले गाँजा खेतीलाई अबैध खेती अर्थात् गैर कानुनी मानेकोले यसबाट आम्दानीको श्रोत भए पनि यो अबैध खेतीको साटोमा अन्य बैकल्पिक खेती गर्न स्थानीय सरकारले आफ्ना किसानहरुलाई प्रोत्साअन गर्नू पर्ने र यदि कसैले गैर कानुनी रुपमा गाँजा वा कानुनले प्रतिबन्धित अन्य लागु औषधसँग सम्बन्धित खेती गर्छ भने गैर कानुनी मानेर प्रहरीले सूचनाका आधारमा पहिचान गरी खेतबारी मै गएर नष्ट गर्ने अभियान चलाउने प्रहरी नायव उपरिक्षक बलमे बताउनु भयो ।

बमका अनुसार सरकारको कानुनी व्यवस्था अनुसार गाँजा लागु औषधका रुपमा रहेकोले यसको प्रयोग वा बिक्री वितरण, उत्पादन, बजारीकरण, ओसार पसार गर्नू कानुन विपरितको काम भएकोले कानुन कार्यान्वयमा पनि प्रहरीको सक्रियता रहने हुँदा अबैध उत्पादन बिक्री वितरण ओसार पसार नियन्त्रण गर्न प्रहरी परिचालन गरिने बताउनु भयो ।

अबैध खेती गर्ने वा अबैध किसिमका काम गर्न रोक्नकालागि प्रहरीले मात्र सक्दैन स्थानीय सरकारको प्रमुख दायित्व हो र समाजका प्रवुद्ध बर्गले पनि यस विषयमा गम्भिर भएर रोकथाम तथा नियन्त्रणकालागि सरकारलाई , प्रहरी प्रशासनलाई सहयोग गर्नु पर्ने सूचना अधिकारी बमको धारणा रहेका छ ।

उहाँले स्थानीय सरकारले अब गाँजाको सट्टामा आफ्ना जनतालाई तरकारी, फलफुल, पशुपालन तथा आय आर्जन मुलक काम जसले आर्थिक उपार्जनमा मद्दत पुग्छ त्यस्तो व्यवसायमा संलग्न गराउन पहल गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।