गैरहाजिर १४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


काठमाडौं ।

लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखाले सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र अनुपस्थित हुनुको कारणसहित कार्यालयमा उपस्थित हुन भनेको हो।

सूचनामा काठमाडौं, तनहुँ, पर्सा, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, सुर्खेत, कञ्चनपुर, रामेछापलगायत विभिन्न स्थानमा दरबन्दी रहेका प्रहरी कर्मचारीको नाम समावेश छ।

तोकिएको समयभित्र उपस्थित नभए नियमअनुसार कारबाही गरिने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।