चितवन ।
भोलिदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका खेल चितवनमा खुला चौरमै निःशुल्क हेर्न पाइने भएको छ । क्रिकेटप्रेमी दर्शकलाई सामूहिक रूपमा खेलको प्रत्यक्ष प्रसारण देखाउने उद्देश्यले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको विशालचोकस्थित खेल मैदानमा आवश्यक तयारी भइरहेको छ ।
खुला मैदानमा ठूलो पर्दामार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको हो । यस व्यवस्थाले घरमै बसेर मात्रै नभई साथीभाइ तथा अन्य क्रिकेटप्रेमीसँगै बसेर खेलको रोमाञ्च लिन चाहने दर्शकलाई अवसर प्रदान गर्नेछ ।
एनपीएलप्रति क्रिकेटप्रेमीको आकर्षण बढिरहेका बेला खुला स्थानमा निःशुल्क लाइभ हेर्न पाउने व्यवस्थाले खेलप्रतिको उत्साह थप बढाउने अपेक्षा गरिएको छ । मैदानमा दर्शकको सहज सहभागिता र खेल हेर्न उपयुक्त वातावरण बनाउन तयारी अघि बढाइएको छ ।
प्रतियोगिताका खेल हेर्न दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ । यसले चितवनमा क्रिकेटको माहोल सिर्जना गर्नुका साथै युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया