काठमाडौं ।
अग्रज व्यक्तित्वहरू सम्मानित : नेपालको अन्तर्राष्ट्रिय भलिबल यात्राका अग्रज ब्यक्तित्वहरु स्वर्ण जयन्तीमा सम्मानित । नेपालको भलिबल इतिहासमा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने पहिलो टोलीका सदस्यहरू सम्मानित भएका छन् ।
नेपाल भलिबल संघ स्थापनाको ५०औं वर्ष अर्थात् स्वर्ण जयन्तीका अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा सन् १९७६ मा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी नेपाली टोलीका व्यवस्थापक तथा वरिष्ठ प्रशिक्षक मधु शमशेर जबरा तथा टोली कप्तान ऋषिराज आचार्यसहित खेलाडीहरुलाई सम्मान गरिएको हो ।











प्रतिक्रिया