काठमाडौँ।
मंगलबार दिउँसो काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा एक्कासि असिनासहित भारी वर्षा भएपछि केही समय जनजीवन प्रभावित भएको छ।
केहीसमयसम्म लगातार परेको वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा तल्लो भेगमा पानी जमेको छ। सडकमा पानीको बहाव बढेसँगै सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भएको छ भने पैदल यात्रुहरूलाई पनि आवतजावतमा समस्या भएको छ।
काठमाडौंका विभिन्न सडकखण्डमा ढल निकास प्रभावकारी नहुँदा पानी जमेर सडक जलमग्न बनेका छन्। केही स्थानमा सडकमा पानीको सतह बढेपछि ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीले चालकहरूलाई सवारीसाधनको गति नियन्त्रणमा राखी सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। केही समयपछि वर्षा रोकिए पनि सडकमा जमेको पानीका कारण उपत्यकाका कतिपय स्थानमा आवतजावत अझै प्रभावित भएको छ।











प्रतिक्रिया