प्रधानमन्त्रीपछि सभामुख अर्यालसँग गरे रवि लामिछाने भेटवार्ता


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।

लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर अर्यालसँग भेट गरेका हुन्। सभामुखको सचिवालयका अनुसार उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो।

सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा उल्लेख गरेको छ। भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि बुधबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग करिब चार घण्टा लामो भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका हुन्।