काठमाडौँ।
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार राष्ट्रिय सभागृहमा उनले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गरे । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको उनको भनाई छ ।
उनले भने, ‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगन कुमार थापा धेरै भोट ल्याएर धेरै भोट ल्याएर उहाँ जित्नुहुन्छ ।’
ललितपुर महानगरपालिकाको दुई पटक मेयर भएका महर्जन अब पार्टी राजनितिमा सक्रिय हुने तयारीमा लागेका हुन् । संविधानले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई पटक भन्दा बढी हुन बन्देज लगाएको छ ।











प्रतिक्रिया