आबाट आमामा

पल र मलिकाको छमछमी


सामूहिक विवाहको रमाइलो माहोलमा अभिनेता पल शाह र अभिनेत्री मलिका महतसहितका कलाकार छमछमी नाचेका छन्।
यो दृश्य समेटिएको फिल्म आबाट आमा २ को गीत अचेल किन कान्छी सार्वजनिक गरिएको छ। गीतको भिडियो एक दिनअघि मात्रै सुटिङ गरिएको निर्माण पक्षले जनाएको छ। डान्सिङ शैलीको गीतमा पल शाह, मलिका महत, आकाश श्रेष्ठलगायतका कलाकार सामूहिक नृत्यमा देखिएका छन्। सामूहिक विवाहमा दुलाहा–दुलहीस“गै दुलाहाहरूले समेत नाचेको दृश्य गीतमा समेटिएको छ। गीतको भिडियोमा देखाइएको सामूहिक नृत्य र विवाहको माहोलले यसलाई रमाइलो बनाएको छ। नृत्य निर्देशन गम्भीर विष्टले गरेका हुन्।

गीतमा रवि ओड र गंगा सोनामको स्वर छ। बाबुल गिरीले गीतको शब्द रचना तथा संगीत गरेका छन्। सार्वजनिक भएको छोटो समयमै गीतको भिडियोलाई दर्शकले रुचाएका छन्। आबाट आमा २ मार्फत पल शाह र मलिका महत पहिलोपटक एउटै फिल्ममा सहकार्य गर्दैछन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्म आगामी असोज ३० रिलीजमा आउदैछ।

पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतले मुख्य भूमिकामा अभिनय गरेको फिल्ममा लेखनमा रोशन भट्ट र चन्द्र पन्त, संवाद रोशन भट्ट, संगीत बाबुल गिरी, नृत्य निर्देशन गम्भीर बिष्ट, छाया“कन नवराज उप्रेती तथा सम्पादन साहिल खान र मिलन श्रेष्ठको रहेको छ।

फिल्मको एएटा टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। बा“की महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङ तथा प्राविधिक टोली हङकङ पुगेको हो।

Skip This