काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प,समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतवार काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गरेको यस महाधिवेशनमा कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो संख्यामा प्रतिनिधि सहभागी भएको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि
सहभागी हुँदै छन् ।
महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र हुनेछ भने असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन हुने कार्यतालिका छ । यसअघि लगातारको वर्षाका कारण असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन दुई दिन पछाडि सारिएको थियो ।
ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले कांग्रेसले उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । बन्दसत्रका लागि ‘हिमाल’, ,पहाड’ र तराई–मधेस’ नामका तीन ठूला संरचना तयार गरिएको छ । प्रतिनिधिहरूलाई भूगोलका आधारमा विभाजन गरी पार्टीका राजनीतिक, आर्थिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गराइनेछ । डिजिटल बोर्डमार्फत प्रतिवेदन तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था पनि गरिएकोछ ।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आगामी कार्यदिशासहितका राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । कांग्रेसले आगामी पाँच वर्षका लागि राजनीतिक,आर्थिक, उत्पादन, रोजगारी, विदेश नीति तथा संगठनात्मक सुधारलाई महाधिवेशनको प्रमुख
एजेन्डा बनाउने जनाएको छ ।कागजी मतपत्रबाट नेतृत्व चयन यसपटक कांग्रेसले नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान नगर्ने निर्णय गरेको छ । सात
हजारभन्दा बढी प्रतिनिधि भएकाले विद्युतीय मतदानबाट पनि अपेक्षित रूपमा छिटो परिणाम निकाल्न नसकिने निष्कर्षपछि परम्परागत कागजी मतपत्रबाट निर्वाचन गर्ने तयारी गरिएको हो ।मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा व्यवस्था गरिएको छ ।असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारीमनोनयन दर्ता गर्ने कार्यक्रम छ । नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति
२३२ सदस्यीय बनाउने तयारी छ, जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ । सहमहामन्त्रीको संख्या पनि आठबाट बढाएर ११ पु¥याइएको छ ।
नयाँ पुस्ताको निर्णायक प्रवेश
यसपटकको महाधिवेशनलाई कांग्रेसले संगठनात्मक पुनर्संरचना र पुस्तान्तरणको दृष्टिले पनि महत्वपूर्ण मानेको छ । पार्टीका अनुसार पछिल्लो विशेष महाधिवेशनपछि ४४ हजारभन्दाबढी युवा विभिन्न संगठनात्मक जिम्मेवारीमा आएका छन् र उनीहरूसहितको प्रक्रियाबाट छानिएका हजारौँ प्रतिनिधिले अब कांग्रेसको आगामी नीति तथा नेतृत्व निर्धारण गर्ने भएका छन् ।
ऐतिहासिक टुँडीखेलमा भइरहेको महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व मात्र होइन,पार्टीको वैचारिक दिशा,संगठनात्मक संरचना र बदलिँदो नेपाली राजनीतिक परिस्थितिमा उसको भूमिकासमेत निर्धारण गर्ने भएकाले यसलाई कांग्रेसभित्र निर्णायक मोडका
रूपमा हेरिएको छ । चीन, भारत, बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सफलताको शुभकामना दिएका छन् । लिखित शुभकामना सन्देश दिनेहरूमा भारत सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डियाकंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् ।
दुई कार्यकालको प्रधानमन्त्री, भ्रष्टाचारमा,शून्य संरक्षण’
नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनका लागि तयार पारेको प्रतिवेदनमा प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने संवैधानिक व्यवस्था गर्नेदेखि निर्वाचन प्रणालीमा व्यापक सुधारसम्मका प्रस्ताव अघि सारिएको छ । प्रतिवेदनमा निर्वाचनमा उम्मेदवारमध्ये कोही पनि उपयुक्त नभए ।।।कसैलाई पनि होइन’ भन्ने विकल्प दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने तथा निर्वाचन प्रक्रियालाई थप समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रस्ताव गरिएको छ । शासन सञ्चालनमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्तिको अन्त्य गर्दै सार्वजनिक पदलाई जवाफदेहितासँग जोड्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाले प्रतिवेदनमा आर्थिक वृद्धिलाई मात्रै विकासको मापदण्ड नमान्ने दृष्टिकोण अघि सारेको छ । नागरिकको जीवनस्तर उकास्न शिक्षा,स्वास्थ्य, पोषण, सीप, क्षमता विकास र अवसरमा समान पहुँचलाई विकासको आधार बनाउनुपर्ने
उल्लेख छ । आर्थिक स्रोत र अवसर केही सीमित वर्गमा केन्द्रित हुने अवस्थालाई तोड्दै राज्यले नागरिकको जीवनको सुरुआती चरणदेखि नै अवसरको असमानता घटाउने नीति लिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
यसै सन्दर्भमा प्रतिवेदनले । पूर्व–वितरणात्मक न्याय’लाई सामाजिक–आर्थिक रूपान्तरणको महत्वपूर्ण औजारका रूपमा अघि सारेको छ । राज्यले असमानता बढेपछि मात्रै राहत वा पुनर्वितरण गर्ने होइन, सुरुदेखि नै नागरिकलाई समान अवसर उपलब्ध गराउनुपर्ने यसको मूल मान्यता रहेको छ । शिक्षा र स्वास्थ्यमा पहुँचदेखि सीप विकास, वित्तीय पहुँच र रोजगारीका अवसरसम्म राज्यको नीतिले समान धरातल निर्माण गर्नुपर्ने प्रस्ताव गर्दै प्रतिवेदनले समृद्धिको लाभ केही
वर्गमा सीमित नभई नागरिकको ठूलो हिस्सासम्म पुग्ने विकास मोडलको वकालत गरेको छ ।
शीर्ष नेताको उपस्थिति, देउवा भने अनुपस्थित
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो ।एमाले महासचिव शंकर पोखरेल, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ।प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिब्देनलगायत नेताहरू सहभागी भएका थिए । तर कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने उद्घाटन समारोहमा सहभागी भएनन् ।देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रियालाई अघि बढाइरहेको विषयले कांग्रेसभित्रको
आन्तरिक विवादलाई अझै सतहमा ल्याएको छ ।











प्रतिक्रिया