काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। संस्थापन पक्षको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पार्टीभित्र एकताको पहल गर्दै आएका कोइरालाले संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षले अघि बढाएका दुवै महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका हुन्।
कोइरालाले पछिल्लो समय दुवै पक्षबीच सहमति र एकताका लागि मध्यस्थताको भूमिकामा रहँदै आएका थिए।कोइरालाले महाधिवेशनमा सहभागी नभई पार्टी एकताका लागि पहल जारी राख्ने बताउँदै आएका छन्।











प्रतिक्रिया