काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने तयारी छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। उनी बुवाको निधनको शोकमा बरखीमा रहेकाले महासचिव शंकर पोखरेलले एमालेको प्रतिनिधित्व गर्दै समारोहमा सहभागी हुनेछन्।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी नहुने भएका छन्। उनको सट्टा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी हुने बताइएको छ।











प्रतिक्रिया