मोरङ–६ घटनामा डा. कोइरालाको संलग्नता नरहेको स्पष्ट


काठमाडौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ संघीय निर्वाचन क्षेत्र नं. ६ को अधिवेशनस्थलमा असोज १४ गते भएको घटनामा पार्टी नेता डा. शेखर कोइरालाको नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

कोइराला ‘एकता महाधिवेशन’को पक्षमा रहनुभएको र दुवै महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारिएको छ।घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ।