रेखा, पूजा र निरुताको

छत्तीसको आँकडा मंसिरमा


प्रहरीको भूमिकामा रहेकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएको पोस्टर सार्वजनिक भएपछि कौतुहलता बढाएको फिल्म छत्तीसको आँकडा मंसिरमा दर्शकमाझ आउने भएको छ।

सबिर श्रेष्ठद्वारा निर्देशित फिल्म आगामी मंसिर १७ गते अल नेपाल रिलिज हुने भएको हो। फिल्मको रिलिज डेट अभिनेत्री रेखा थापाले नयाँ वानेश्वरमा सञ्चालन गर्दै आएको बीआर क्याफेमा हालै अर्की अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर लक गरिएको हो। रिलिज डेट तय भएसँगै रेखा फिल्म्स् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको बा“की निर्माण कार्यलाई तिब्रता दिइएको छ। घटस्थापनाका दिन फिल्मको पहिलो गीत सार्वजनिक गरिने भएको छ।

छत्तीसको आँकडामा दुई महिला पात्रबीचको द्वन्द्वलाई कथाको मुख्य आधार बनाइएको छ। फिल्ममा रेखा र पूजा फरक भूमिकामा देखिँदैछन्। यसअघि सार्वजनिक पोस्टरमा रेखाले पूजालाई नियन्त्रणमा लिएको दृश्यसँगै दुवै पात्रको संघर्षलाई संकेत गरिएको थियो। पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त सफलताको भाव देखिन्छ भने पूजाको पात्र अझै प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ। यही दृश्यले फिल्मको कथालाई लिएर दर्शकमाझ उत्सुकता बढाएको थियो।

फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंह मुख्य भूमिकामा छन्। रेखाको जोडी महेश त्रिपाठी छन् भने पूजा र पुष्प खड्का अर्को जोडीका रूपमा देखिनेछन्। पुष्प र पूजा पहिलोपटक जोडीका रूपमा एकसाथ देखिन लागेका हुन्। फिल्मले रेखा र निरुता सिंहलाई लामो समयपछि एउटै फिल्ममा फर्काएको छ। यी दुईले यसअघि दुई पलमा स्क्रिन सेयर गरेका थिए। निर्देशक सबिर श्रेष्ठ र रेखा थापाको सहकार्य भने नयाँ होइन। उनीहरूले रामप्यारी, तथास्तु, काली, इशारा र कसले चो¥यो मेरो मनजस्ता फिल्ममा सँगै काम गरिसकेका छन्। रेखा र पूजाले पनि उपहारपछि पुनः सहकार्य गरेका हुन्।

फिल्मको नेपालभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ।