ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी


काठमाडौँ।

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० वटा घर जलेला छन्।

आगलागी नियन्त्रणका लागि स्थानीय प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजंघा गुल्मबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको बताइएको छ।

त्यहाँ करिब ५० घरधूरीसहितको बाक्लो बस्ती छ।

थप विवरण आउन बाँकी छ।