चितवन राइनोजको ‘गैँडा ग्याङ’


काठमाडौं, (नेस) ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग िसजन ३ को आधिकारिक हाइप गीत ‘गैँडा ग्याङ’ सार्वजनिक गरेको छ । सिजन ३ को पहिलो ¥यापका रूपमा सार्वजनिक गरिएको यस गीतले क्रिकेट, संगीत, युवा संस्कृति र चितवनको विशिष्ट पहिचानलाई एकै ठाउँमा जोडेको छ ।
“हामीलाई विश्वास छ, यो गीतले हाम्रा समर्थकहरूलाई टोलीसँग अझ नजिक जोड्नेछ र गैँडा ग्याङलाई आफ्नै आवाज र पहिचान दिनेछ,” चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुषन् यौपानेले भने ।

¥यापरद्वय महेश डोङ (डोङ) र अमृत थारूको प्रस्तुति रहेको यस गीतले टी २० क्रिकेटको ऊर्जा, जोश र तीव्रतालाई चितवनको पहिचानसँग जोडेर प्रस्तुत गरेको छ ।

¥याप, लय र स्थानीय सांस्कृतिक प्रभावमार्फत गीतले गैँडा ग्याङको आवाजलाई स्टेडियमभन्दा बाहिर डिजिटल संसार र एनपीएल वरिपरिको युवा संस्कृतिसम्म पु¥याउने प्रयास गरेको छ । संगीतमार्फत क्रिकेटलाई चितवनको संस्कृति, सिर्जनशीलता र आफ्नो पहिचान निर्माण गरिरहेको पुस्तासँग जोड्ने प्रयास गरिएको छ ।