नेपाली रंगमञ्च, रेडियो नाटक, संगीत र अभिनयका विशिष्ट व्यक्तित्व स्व. हरिप्रसाद रिमालको १०२ औ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ।
हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा रिमालको स्मृतिमा उनको अर्धकदको प्रतिमा अनावरण गर्नुका साथै कला, संगीत र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। मध्य वानेश्वरस्थित रिमालकै निवासमा स्थापना गरिएको प्रतिमा कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल, सदस्य सचिव सम्राट सापकोटा, प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललगायतले संयुक्त रूपमा अनावरण गरेका हुन्। प्रतिमा लयप्रसाद मैनालीले निर्माण गरेका हुन्।
समारोहमा ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेता हरिहर शर्मालाई ५१ हजार १ रुपैया“सहित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट सम्मानित गरिएको छ। पत्रकार वीरेन्द्र जैरीलाई ३१ हजार १ रुपैया“सहित हरिप्रसाद कल्याणी रिमाल नाट्य सञ्चार सेवा सम्मान पुरस्कार तथा गायक तथा संगीतकार सञ्जय श्रेष्ठलाई ३१ हजार १ रुपैया“सहित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष सम्मान पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा रिमालले गाएका लोकप्रिय गीतहरू पनि प्रस्तुत गरिएको थियो। गायक जे पापीले न त सम्झिनु न त बिर्सनु, घनश्याम गौतमले बिना बादल असिना पर्दैन र कपिल लोहनीले फगत एक नजरमा बोलका गीत प्रस्तुत गरे।
प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले रिमालका कला, साहित्य र संगीतका तीनै पक्षलाई जीवन्त राख्ने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको बताए। उनले रिमाल निवासमै रंगमञ्च तथा नमोबुद्धमा फिल्म स्टुडियो निर्माण गर्ने योजना रहेको जानकारी दि“दै विगतमा रिमालको स्मृतिमा नाट्य महोत्सव र लघु फिल्म प्रतियोगिता आयोजना गरिसकेको र अब संगीत महोत्सव आयोजना गर्ने तयारी रहेको बताए। प्रमुख अतिथि ब्रजेश खनालले दशैंअघि आयोजित यो कार्यक्रम कला क्षेत्रका लागि अर्को ठूलो उत्सवजस्तै भएको बताए।
उनले विगतको संगीत र कलामा आत्मा हुने गरेको चर्चा गर्दै अहिले छिटो सफलता हासिल गर्ने होडमा त्यो पक्ष हराउ“दै गएको धारणा राखे। रिमाल प्रतिष्ठानले आयोजना गर्ने संगीत महोत्सवमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि सहभागी हुन पाउने अपेक्षा उनले व्यक्त गरे।
सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै हरिहर शर्माले हरिप्रसाद रिमालले अभिनयमा सानाभन्दा साना कुरामा समेत ध्यान दिने गरेको स्मरण गरे। रिमालको स्वाभाविक र सरल अभिनय शैली आफूले समेत सम्झने गरेको उनले बताए। कार्यक्रमका सभापति प्रा. डा. वासुदेव त्रिपाठीले रिमालको प्रतिमा स्थापना भएपछि उनी फेरि फर्किएजस्तो अनुभूति भएको बताए।
रेडियो नेपाल स्थापना भएपछि सन् १९५०÷५१ तिर शंकर लामिछानेको रचनाको दिल टुक्रा भएर आ“खाको बाटो बगेछ बोलको गीत रेकर्ड गराएर रिमाल रेडियो नेपालका पहिलो गायक बनेका थिए। रेडियो नाटकको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएका उनलाई नेपाली रेडियो नाटकका पिता भनेर चिनिन्छ। १९८२ असोज २ गते जन्मिएका हरिप्रसाद रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो।











प्रतिक्रिया