संविधान दिवस : डा. शेखरको स्थायित्व र सुशासनमा जोड


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले संविधान दिवसले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र दिगो विकासको आधार बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

डा. कोइरालाले संविधानको मर्म र भावना अनुरूप अघि बढ्दै देशको समृद्धि र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले संविधान दिवसले नेपालीबीच एकता, सहकार्य र आपसी सद्भाव थप मजबुत बनाओस् भन्दै शुभकामना दिएका छन्।