कांग्रेसका दुवै महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले आ–आफ्नै मितिमा गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।

क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार महाधिवेशनसँग सम्बन्धित एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिइएकाले नयाँ रिट दर्ता नभएको हो।

कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने समय निर्धारण गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।