काठमाडौं ।
अनेरास्ववियूले रसुवाका बाढीपहिरो प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ का २६ बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण गरेको हो।
त्यस्तै, उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइ सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको अनेरास्ववियूले जनाएको छ।
उपाध्यक्ष अशोक थापाले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अनेरास्ववियूले आफ्नो क्षमताअनुसार सेवा र सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।












प्रतिक्रिया