काठमाडौं, (नेस) ।
साइन विथ पर्पोज एन्ड जोय (एसडब्लुपीजे) ‘ए’ ले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नखिपोट फोल्क्सको आयोजनामा नखिपोटस्थित फुटसल भिलेजमा भएको फाइनलमा एसडब्लुपीजे ‘ए’ ले आफ्नै ‘बी’ टोलीलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि कप्तान दीपा राई, विमला थापा र जेनिफर राना मगरले गोल गरे । विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार प्राप्त गरे ।
दीपा उत्कृष्ट खेलाडी घोषित भइन् । दीपाले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन् । सातदोबाटो एफसीकी कप्तान रेजिना मगर उदीयमान खेलाडी तथा एसडब्लुपीजे ‘ए’ की कविता विक उत्कृष्ट गोलरक्षक चुनिए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए । दुईदिने नकआउट प्रतियोगितामा २१ टोली सहभागी थियो ।












प्रतिक्रिया