
श्रावण मसान्तको साँझ, कम्फोर्ट हाउस, बूढानीलकण्ठस्थित आप्mनै जेठोको आवासमा थिए । भर्खरै नर्भिक हस्पिटलमा आवश्यक उपचार तथा स्वास्थ्य परीक्षणपछि फर्किएका थिए । आप्mनै ओच्छ्यानमा अनि हातमा एउटा पुस्तिका र कलम । ‘फिँज’ – नेपालभाषामा लेखिएका ‘पीजा’ खण्डकाव्य – गएको छ दशक अगाडि प्रकाशित उनकै कृति । अनि आफैंले तिनको शब्दस, भावार्थ अनि लयवद्ध खस भाषामा रूपान्तरित हरफहरूमा ध्यान केन्द्रित थिए । ओमार ख्यामका रुवायत शैलीबाट प्रभावित उनले त्यस्तै रचना रचेका थिए । शायद नेपालभाषा साहित्यमा रुवायत काव्य विधाका यही नै पहिलो पुस्तक हो ।

दुर्गालाल साहित्य प्रतिष्ठान केही समय यताबाट व्यस्त थिए – दुर्गालालका आधा दर्जन जति नयाँ पुस्तक बजारमा ल्याउने, उनका सम्मानमा फरक खालको समारोह आयोजना गर्ने र त्यही रुवायतका केही पंक्तिमा संगीतवद्ध गर्दै प्रस्तुति पनि गर्ने । त्यसैका लागि ‘फिँज’ का हरफहरू अझ परिमार्जित गर्नमा व्यस्त रहे । ती उनका जीवनका अन्तिम क्षणहरू थिए तर काव्य कृति कोर्दै कलिला वैंशका हुन् उनी । घरनजिक बाँगेमुढाको पाटीमा हर साँझको कथा वाचनपछि फूल प्रसाद अनि रातो टिकाका लागि व्यक्ति व्यक्ति सामु पुग्ने एक कन्या कुमारी । उनको यौवन र सुन्दरतामा आकर्षित दुर्गालाल टिका लगाइदिँदा खेरि उनको हातको क्षणिक स्पर्श अनि सामिप्यतामा मोहित यति भावुक हुन्थे, माथामा लगाइएको टिका कहीँ कतै नझरोस् भन्दै टाउको अलिक पनि नझुकाउँदै आकाशतिर हेर्दै घर फर्किन्थे । त्यही टिकामाथि पटक पटक औंला स्पर्श गर्दैै अनेकन कल्पना गर्थिन्, भावनामा बग्थिन् । जानी नजानी शब्दहरू कोर्थिन । यिनै उनका काव्यमयी हृदयका प्रारम्भिक पल थिए ।
काव्य मोह यति गहिरो थिए, पुस्तकालय जाँदा त्यहाँ पढने पुस्तकहरू पनि कविता संग्रहहरू नै हुन्थे । उनको घर नजदिक केलटोलमा एउटा पुस्तकालय सञ्चालनमा थिए । प्रदीप्त पुस्तकालय – नेपालको पहिलो सार्वजनिक पुस्तकालय, प्रेमबहादुर कंसाकार र साथीहरूले खोलेका थिए । दुर्गालाल साँझपख त्यही पुस्तकालय पुग्थे, अनेकन पुस्तकका माझ उनको रोजाइ हुन्थे कविता संग्रहहरू हिन्दीका थुप्रै पुस्तक पाइन्थे, तीनमा मैथिली शरण गुप्ता, जयशंकरप्रसाद निराला, सुमित्रानन्द, धर्मवीर भारती, दिनकर, नीरज, महादेवी वर्मा, हरिवंश राय वच्चन आदि । छायावादी, रोमानीवादी अनि अधिकतम मातृक छन्दमा रचिएका कविताहरू एउटै पुस्तक पटक पटक पढियो, अति नै प्रभाव पारे । साह्रै मन परे, त्यो पुस्तक पढी रहौंजस्तो । बजारबाट किन्ने आप्mनो आर्थिक हैषियत थिएन । तर, पुस्तक छाड्नै नसकिने, एउटा उपाय सोचेँ । एक साँझ बाक्लो खास्टो ओढेर पुस्तकालय छिरियो, अनि पुस्तक पढ्ने अभिनय गर्दै पुुस्तकालयका मान्छेको आँखा छलेर मन पर्ने पुस्तक गुटमुट्याइयो । हस्याङ फस्याङ गर्दै टाप कसियो घरतिर ।
मात लागे जतिकै थियो पद्मोदय हाई स्कुकमा विद्यार्थी थिएँ । गणित गुरु गौरीप्रसाद राजभण्डारीले रेखागणितको कक्षा लिँदै थिए । अनि विन्दु, रेखा, कोण, त्रिकोण, वर्गाकार, चुतुषकोण आदिबारे पढाउँदै थिए । गुरुले विन्दु र रेखाको परिभाषा भन्दै थिए – टु प्वाइन्ट्स मेक ए स्ट्रेट लाइन । तर उनको कवि हृदयले तत्कालै कापिमा उतारे ‘छ नं विन्दु, जि नं विन्दु, जर्जर बँय् लःफुति निफुति पले हलं तिकिनंगु !’ (तिमि पनि विन्दु, म पनि विन्दु, जर्जर धरतीमाथी पानी थोपा दुई थोपा, कमलको पातबाट झर्दै गरेका) ।
भावुक हृदयभित्र कतिखेर कस्तो लहर उठ्छ थाहा छैन, तर रोक्न सकिन्न, पोख्न हतार हुन्छ । एक साँझ कतै साथीहरुका पाहुना पासा गरेर घरतिर फर्किंदै थिए, अलि अलि मात पनि लागेके हुँदो हो, साथमा टोलकै दौंतरी भृगुराम श्रेष्ठ थिए । उनी बीच बाटैमा उभिएर आप्mनो साथी भृगुरामको हारगुहार मागे – लौ लौ लेख न लेख, भृगु लेख न । अलमलिएका भृगुराम सोध्दै गरे – होइन हो ? के लेख्ने ? कहाँ लेख्ने ? केले लेख्ने होला…। भृगुरामलाई आप्mनो बालसखा दुर्गालालको बानी व्यहोरा थाहा छ । बाटैमा वरपर आँखा लगाए, एउटा कुनामा कालो गोलको एक टुक्रा भेटाए । त्यसै गोलले अक्षर कोरे, आफैंले लगाइ राखेको सेतो कमिजको एका छेउमा, दुर्गालाल गुनगुनाए – अयलाः नवः, व सिबें नं नवः जि…( रक्सि गनाउँछ, त्यो भन्दा पनि दुर्गन्धित छु म…) ।
महाकवि सिद्धिदासको जयन्तीका दिन वर्षेनी नेपालभाषा मंकाः खलःद्वारा एकाविहान प्रभातफेरि गरिने गर्दछ । त्यस दिन पनि प्रभातफेरि सकिएर एकजना मित्रको कोठामा चिया चमेना गर्दै थिए । क्षण भरमा आकासबाट पानी दर्कियो। उनी आप्mना बसेको ठाउँबाट उठेर आकासतिर आँखा तर्काए । अनि सँगै बसेका साथीलाई कापि कलम समाउन आग्रह गरे। ‘थौ सुथय् न्ह्यलं दनाः, आकस ख्वःगु जिं खनाः, अय् आकस छाय् छ ख्वया ? ख्वयाः ख्वयाः छं छु धाः वयाः ?’ (आज सबेरै उठदा, आकासको रोदन देखें, भन आकाश किन रोयौ तिमी? आँसुमै रुझेर तिमिले के पो भनि रहेछौं) गायक द्वारिकालाल जोशीले आप्mनै संगीत संयोजनमा गाएर यो गीतलाई अमर बनाए ।
तत्क्षण बस्दा बस्दै गीतका शब्द विन्यास गर्न निपुण उनी कुनै बेला एउटै बसाइमा फरक फरक तीन चार गीत तयार गर्न सक्थे । कुनै बेला उपत्यकामा आयोजना गरिने साहित्यिक जमघट र सांगीतिक प्रस्तुतिका लागि आतिथ्य सत्कारका गीतका रचियता प्रायस दुर्गालाल नै हुन्थे । यस अर्थमा उनका गीतमा जागरणका भाव हुन्थे, विद्रोहका स्वर सुनिन्थे । अनि समानता, हक अधिकार तथा राष्ट्रियताका प्रखर चेत पाइन्थे ।
जनमानसमाझ चिरपरिचित उनको अर्को विशेषता हुन् सहजता, सहृदय, मित्रवत व्यवहार अनि कसैलाई पनि रित्तो हात नफर्काउने बानी । त्यतिखेर उपत्यकाका रैथानेहरूमा एउटा संस्कार प्रचलनमा थिए ।
कोही आफन्तजन बित्दा, विशेषतः गाईजात्रादेखि एक सातासम्म शोक श्रद्धाञ्जलीका रूपमा गीति महिमाको गायन हुन्थे । बाजागाजासहित समूह समूह बनाएर मृतकको गुणस्मृतिमा लामो गाथा गाएर नगर परिक्रमा गरिन्थे । सिंगोे रात बिताएर टोल टोलमा पुग्थे। उल्लेख्य कुरा अधिकांशले यस्ता शोकगाथा लयवद्ध गरेर रचना गरिदिनका लागि दुर्गालालकैमा धाउँथे । उनी कसैलाई नाँइनास्ति भन्दैन्थे । कुनै कुनै वर्षमा एक पल्ट सात आठ जनाका लागि पनि यस्ता शोकगाथा तयार गरिदिनु पथ्र्यो । उनका जीवनकालमा यस्ता ज्ञात अज्ञात शोकगाथा कति ठेली लेखिए, कुनै लगत विवरण छैन ।
त्यसैले ससम्मान, सपे्रम समुदायले उनलाई भने ‘जनकवि’ !
युवा अवस्थामै समाजमा उनको बेग्लै पहिचान बनिसकेको थियो । पहिलो आम निर्वाचनका लागि काठमाडौं तातिन थालिसकेको थियो । आप्mना दलको प्रचार प्रसारका लागि नेताहरु सहयोगाीहरु खोज्दै थिए । आप्mनै टोलको डबलीमा बिहान घाम सेकिरहेका दुर्गालाललाई एकजना व्यक्तिले हातले तान्दै गरे। उसँगै जान आग्रह गरिरहेका थिए। उनी थिए माइला दाई – अर्थात् पुष्पलाल श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासविच ।
ऊ पनि उम्मेदार थिए, काठमाडौंबाट । प्रतिपक्षी उम्मेदवार नेपाली कांग्रेसका गणेशमान सिंह । पुष्पलालसँगै पुगे उनको चुनावी सम्पर्क कार्यालय न्ह्योख, कृष्ण मन्दिर गल्लीभित्रको घरको माथिल्लो तल्ला । दुर्गालाल अलमलिए, त्यत्रो राजनीतिक दलका लागि चुनावी गीत तयार गर्ने कुरा चानचुने होइन । उनले आलटाल गर्दै गरे । प्रसार गीतका लागि रचनामात्र होइन गायक र संगीतकार पनि चाहिने तर्क गर्न थाले । गायकहरुमा प्रेमध्वज प्रधान, तारादेवी, नारायण गोपाल, हुतराज जे जति उनले उच्चारण गरेका थिए, पुष्पलालले सबैलाई जम्मा गरिहाले। तब उनी चुनावी गीत लेख्न वाध्य भए । नेपाल कम्युनिस्ट पार्टीको आम चुनावको प्रचार गीत – हे महान देशया छ प्राण नौजवान, नौजवान, नौजवान ! इं व कःनिया निशान थ्व, राष्ट्रया दिब्यदीप खः..(हे महान देशका तिमी हौ प्राण नौजवान, नौजवान, नौजवान, हँसिया र मकैको घोगा यो, राष्ट्रकै दिव्यदीप हो …) वसन्तपुरको एक भव्य आमसभाबीच यस गीतको आरम्भ भयो । दुर्गालालको जीवनमा यस घटनाले पनि विशेष उत्पे्ररणा पायो ।
मुलुकमा निर्दलीयता थियो, निरंकुश पञ्चायती व्यवस्था, राजाको एकलौटी शासन। २०१८ साल पद्ममोदय हाई स्कुलमा नेपालभाषा साहित्य सम्मेलनको मञ्चबाट एउटा कविता गुञ्जियो । ‘बन्द कण्ठ चायेकि का, लिकुंगु सः पिका, दम्म हुस्सु चीकिका तुयुगु जः पिका – (बन्द कण्ठ खोलौं ल, गुम्सिएका स्वर गुञ्जाउँ ल, ढाकिएका हुस्सु पन्छाउ, उज्यालो प्रकाश छरौँ) यसको अन्तरामा एक लाइन यस्तो पनि थियो ‘एक व्यक्तिया पुजाय् मनूत लीन जूगु छाय्’ (एक व्यक्तिको पूजामा मानिस लीन भए किन)। प्रशासनले अर्थ लगायो, यो राजाप्रति नै संकेत हो । तब धरपकड सुरु भए । सूर्यबहादुर पिवाः, लक्ष्मण राजवंशी, हितकरवीर सिंह कंसाकार सबै थुनिए । संयोगले बचे लेखक दुर्गालाल । तर, एक महिनासम्म साँखुको एउटा अन्कन्टार ग्रामीण क्षेत्रमा भूमिगत बस्न वाध्य भए ।
उनका एउटा गीति संग्रह थिए – सर्गः सिबें धरती नमिग्वाः ( आकाश भन्दा धरती राँकिदो)। विशेषत नेपालभाषा साहित्य सम्मेलनका क्रममा विभिन्न कालखण्डमा गाइएका समूह गानहरूका संकलन । हितकरवीर यसका संकलनकर्ता थिए । पञ्चायती व्यवस्था नै थियो । अञ्चलाधीश कार्यालयबाट सेन्सर गरिएपछि मात्र प्रकाशनमा ल्याउन पाउने तात्कालीन नियम थिए । त्यो पुस्तक अञ्चलाधीश कार्यालयभित्रै अत्तोपत्तो भएन, नौ महिना बिते । हितकरका पिताजी दयावीरसिंह त्यतिखेर राज सभाका सदस्य थिए । उनले त्यो कुरा थाहा पाएपछि माथीसम्म जाहेरी गरिए । त्यसपछि त्यो पुस्तक बाहिर वितरण गर्न अनुमति पाए । तर, कतिपय पृष्ठ च्यात्न लगाए, कतिपय हरफहरुमाथी कागज टाँस्न लगाए ।
जीवनकालमा सात दर्जनभन्दा बढी काब्यका कृतिहरु प्रकाशित भए। एउटा एकाङ्की संग्रह पनि छ। नेपालभाषा, नेपाली, अंग्रेजी, चिनियाँ आदि भाषाका छन् पुस्तकहरू । छिट्टै थप नयाँ ६ वटा पुस्तक बजारमा आउँदै छन् । उनका दराजमा अझै दर्जनांै अप्रकाशित कृति बाँकी छन् । काव्य विधामा यति विघ्न कलम चलाउने सर्जक नेपालमा कमै होलान् । फेरि पनि उनको जीवनमा कुनै बेला यस्तो पनि अनुभव रह्यो । आफ्नै घर नजदिक बाँगेमुढा, खिउलँबाट नेपालभाषा पत्रिका दैनिक निस्कन्थ्यो। त्यसको वार्षिकोत्सवमा विशेषांक निकाल्ने तयारी थियो । दुर्गालालले पनि आप्mनो एक कविता त्यसमा निकाल्न इच्छाए । कविता लिएर सम्पादककोमा पुगे । सम्पादकले कविता हेरे । एउटा शर्त राखे – लेखक दुर्गालाल भनेर नाम उल्लेख गरिन्न । सम्पादक ठान्थे, दुर्गालालको नाम त्यस पत्रिकामा उल्लेख्य थिएन । दुर्गालाललाई आप्mना नामभन्दा कविता प्रकाशित गरिनु थियो । कविता सम्पादकको हातमा थमाएर फर्के । केही दिनपछि नै त्यस पत्रिकाको विशेषांक निस्कियो । मुखपृष्ठमै
उनको कविता छापिए । साँच्चिकै लेखकको नाम थिएन । ‘झी झीगु निंतिं मखुसां नेपालया निंतिं म्वायेमाः, झी दु धैगु चिं हे नेपालया आत्मा’ (हामी हाम्रा लागि नभइकन नेपालका लागि बाँच्नु पर्दछ, हामी छौं भन्ने प्रमाण नै नेपालको आत्मा)। कालान्तरमा यो गीत यति लोकप्रिय भयो, वीर गणेशमान सिंहको शवयात्रा भरि यहि गीत गुञ्जियो । स्वंय दुर्गालालको दागबत्ती पूर्व पनि यसै गीत समवेत स्वरमा गाउँदै अन्तिम बिदाइ गरियो ।
अत्यन्त विपन्न पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनी, विषमता, अन्याय, पक्षपात, शोषणविरुद्ध चर्को विद्रोही भाव उनका काव्यमा प्रचुर मात्रामा पाइन्छ । राजनीतिक चेतका कारण उनी प्रगतिवादी रुझानका लेखक बने । उत्पीडित जाति भाषा समुदायका प्रतिनिधि सदैव समानताका अधिकारका लागि आवाज उठाउँदै गरे । आफंै एक प्रेमिल पात्र, वियोग, वेदनाका गीत लेखनमा उनी अब्बल रहे। अनेकन गीत कालजयी छन् । उनी आफै स्विकार्थे – दुई आत्माबीचका जुन प्रेम भाव छन् त्यसमा फुरिएका भावहरू छन् तिनमा मात्र हृदयभित्रका सही गुञ्जन हुन्छन् । यद्यपि पछिल्लो कालखण्डमा विशेषतः चिनिया बौद्ध – जेन धर्म गुरुहरूका सामिप्यताले उनका रचनामा बढी शाश्वत सत्य खोजिका प्रयत्न पाउँछौं । क्षणिक स्थितिले उब्जाउने प्रतिक्रियाजन्य अभिव्यक्ति भन्दा गाम्भीर्यता, यथार्थ ज्ञान र तत्ववोधका लागि त्यतिकै प्यास देखिन्थे, उनमा ।
सिर्जनामा, कृतिमा, उनको जुन अनवरत यात्रा रहे, ती उनका साधना थिए । काव्य यात्राका एक तपस्वी । राष्ट्रको कुनै पनि प्रतिष्ठान, संस्थाको उच्चतम पदका लागि उनका गुण, क्षमता, योग्यता कम थिएन । २०७३ सावन २३, ठमेल, काठमाडौंको उनको निवासमा आगलागि भयो। आगो निभाइसकेको लगतै तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल त्यहाँ पुगे । दुःखद् परिस्थितिमा सान्त्वना दिँदै प्रधानमन्त्रीको हैषियतले दुर्गालाललाई भने – भन्नुस, कविज्यु, यस विपतको अवस्थामा राज्यको तर्फबाट कस्तो सहयोगको व्यवस्था गरौं, तपार्इं के चाहना गर्नु हुन्छ ? म सक्दो मिलाउने छु । दुर्गालाल आप्mनै स्वभावअनुसार विनम्र रहे । उनको प्रतिउत्तर थियो – प्रधानमन्त्रीज्यू, धन्यवाद छ यहाँलाई । म आफैंलाई केही चाहिन्न । मेरो भाषालाई बाँच्न पाउने व्यवस्था मिलाइ दिनुस्, भाषिक समस्यालाई समाधान गर्न पहल गरिदिनुस् । बस् ! यति नै हो, विन्ति !
त्यति नै खेर उनी भन्थे – आगोले मेरो भौतिक सम्पत्ति जलायो, खरानी पा¥यो । के कति नोक्सान भयो थाहा छैन । तर, यो विपतको बेला छरछिमेक, साथी भाइ, शुभेच्छुकहरुबाट जति सान्त्वना र सदभाव पाएँ, त्यो त आगोले पनि क्षति गर्न भ्याएन । म जति सम्पन्न अरू को होला र ?
आमाकै गर्भमा थिए उनी । घर सर्नु पर्ने भयो । बुबा र आमा मिलेर सामान सार्दै थिए । कोठाबाट सन्दुक तल झार्नु थियो । माथी झ्यालबाट बुबाले डोरीले बाँधेर सन्दुक चोकतितर झारे । तल उभिएर आमाले सघाइरहेकी थिइन्। अचानक डोरि चुँडियो, सन्दुक तल झ¥यो । सन्दुकले गर्भवति आमालाई थिच्यो । समय नपुग्दै ब्यथाले च्याप्यो । गर्भभित्रको शिशु असमयमै जन्मियो । एउटा असामान्य प्रसव कथा ! अनि जन्मिएका शिशु – दुर्गालाल !
थकुछेँ, पासिकोट,
बुढानीलकण्ठ, काठमाडौं ।
११४६ गुंलाथ्वः १२
काठमाडौंको उनको निवासमा आगलागी भयो । तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्गालाललाई भने – भन्नुस्, कविज्यु, यस विपतको अवस्थामा राज्यको तर्फबाट कस्तो सहयोगको व्यवस्था गरौं? दुर्गालालको प्रतिउत्तर थियो – म आफैंलाई केही चाहिन्न । मेरो भाषालाई बाँच्न पाउने ब्यवस्था मिलाइ दिनुस्, भाषिक समस्यालाई समाधान गर्न पहल गरिदिनुस् । आगोले मेरो भौतिक सम्पत्ति खरानी पा¥यो । कति नोक्सान भयो थाहा छैन । तर, यो विपतको बेला छरछिमेक, साथी भाई, शुभेच्छुकहरूबाट जति सान्त्वना र सदभाव पाएँ, त्यो त आगोले पनि क्षति गर्न भ्याएन । म जति सम्पन्न अरू को होला र ?











प्रतिक्रिया