धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

0
Shares

उदयपुर ।

उदयपुरका चौदण्डीगढी नगरपालिकामा एक वृद्धले मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्रनै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर ज्यान लिएका छन् ।

आइतबार बिहान साढेबार बजेको समयमा चौदण्डीगढी २ डाँडागायँ बस्ने ५८ वर्षका गँदुराम राईले आवेगमा आएर मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा आफ्नै ४५ वर्षकी श्रीमती बिमला राइको ज्यान लिएका हुन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार राईले श्रीमतीलाई धारिलो हतियार सिकल (हँसिया) ले गर्दनमा प्रहार गरी घाइते बनाएको भनी आफैँ अस्थाई प्रहरी पोष्ट माडिबास पुगी जानकारी दिएका थिए । राईले आफूले हतियार प्रहार गरेको जानकारी गराउना साथ निजलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको छ । साथै अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएकोमा उपचारको क्रममा बिहान १.१५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो । उक्त घटना सम्बन्धमा (SOCO) सहितको प्रहरी टोली खटिई थप कानुनी प्रक्रिया तथा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।