नवलपरासी।
भाेटेकाेशी तथा त्रिशूली नदी हुँदै बाढीले बगाएर ल्याएका १ सय ५४ शव नारायणीको तटीय क्षेत्र नवलपरासी पूर्वमा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नारायणी नदीमा भेटिएका शवहरूमा ३४ महिला ५२ पुरुष ८ बालक ११ बालिकाको रहेका छन् ।
जसमा १ महिलाको पहिचान पनि खुली सकेको प्रहरीले जनाएको छ ।
त्यसै गरी शरीरका विभिन्न भागसहित टुक्रिएका ४९ मानव अङ्ग पनि नारायणी नदीमा फेला परेको जिप्रका नवलपरासी पूर्वका सुचना अधिकारी प्रनाउ अनिल पण्डितले जानकारी दिए ।
साथै प्रनाउ पण्डितले नारायणी नदीकाे तटीय क्षेत्रका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका शवहरूकाे खाेजी कार्य भई रहेको जनाएका छन् ।
जिल्लाका नदी तटिय क्षेत्रमा भेटिएका शव मध्ये ४१ शवलाई गण्डकी अस्पताल पाेखरा ८ शवलाई प्रदेश अस्पताल पाल्पा र बाँकी शव र भेटिएका मानव अंङ्गहरूकाे प्रकृति मुचुल्का उठाई पहिचानका लागि जिल्लामै राखिएको छ ।
जिल्लामा शव सुरक्षित गर्ने पर्याप्त शवगृह नभएकाे र घटनामा बिदेशी नागरिकहरू समेत परेको हुन सक्ने हुँदा पहिचान हुने र पहिचान हुन नसकेका शवकाे हकमा फरेन्सिक विधि पनि अपनाईनु पर्ने हुदा लामाे समय शव सुरक्षित गर्न बाह्य जिल्लाका सुविधा युक्त स्थानमा पटाइएको हाे ।
जिल्लामा हाल भेटिएका शव र मानव अङ्गलाई मध्यविन्दु नगर अस्पतालचाेरमारा गैडाकाेट नगर अस्पताल भेडाबारी, मध्यविन्दु प्रादेशिक अस्पताल र अकुर आदर्श सामुदायिक वन डण्डाकाे भवनमा राखिएको सुचना अधिकारी प्रनाउ पण्डितले बताए ।
नारायणी नदीमा भेटिएका शवकाे पहिचानका लागि गाेर्खा,मकवानपुर,काठमाडौं लगायतका जिल्लाबाट बाढीमा परि हराई रहेका मानिसका आफन्तहरू नवलपरासी पूर्व आई रहेका छन् ।
मकवानपुर जिल्ला हेटाैडा उपमहानगर १५ रातमाटाका उमेश स्याङ्वाेले त्रिशूली हाईड्राे पावर थ्री बि फेवा कन्स्ट्रक्सनमा कार्यरत आफ्ना भतिज २५ वर्षीय सुमन गाेले बाढीसंगै सम्पर्क बिहिन भएकाे र नवलपरासी प्रहरीले दिएकाे हुलियाका आधारमा नगर अस्पताल मध्यविन्दुमा गाेलेकाे शव पहिचान भएकाे बताए ।
बाढीले बगाई ल्याएकाे अवस्थामा गैडाकाेट नगर पालिकामा १ सय १ देवचुली नगरपालिकामा ९ मध्यविन्दु नगरपालिकामा २० र विनयी त्रिवेणी गाउँ पालिकामा १२ शव फेला परेका हुन् ।











प्रतिक्रिया