नवलपरासी।
भाेटेकाेशी तथा त्रिशूली नदी हुँदै बाढीले बगाएर ल्याएका ७० शव नारायणीकाे तटीय क्षेत्र नवलपरासी पूर्वमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार फेला परेका २२ महिला,३३ पुरुष,६ बालक र ९ बालिकाको पहिचान खुल्न सक्ने शव रहेको छ ।
जसमा २ महिला ३ पुरुष १ बालक र १ बालिकाको पहिचान पनि खुली सकेकाे प्रहरीले जनाएको छ ।
त्यसैगरी ११ मानव अङ्ग पनि नारायणी नदीमा फेला परेकाे र सबै शवहरूलाई गैडाकाेट र मध्यविन्दु नगर अस्पतालमा राखिएकाे सूचना अधिकारी प्रनाउ अनिल पंण्डितले जानकारी दिए ।
साथै प्रनाउ पण्डितले नारायणी नदीकाे तटीय क्षेत्रका विभिन्न स्थानमा बाढीले बगाएर ल्याएका शवहरूकाे खाेजी कार्य भई रहेको जनाएका छन् ।
यसै बीच जिल्ला विपद व्यवस्थापन समितिकाे बिहिबार बसेकाे बैठकले नारायणी नदीमा भेटीएका ४० शवलाई पहिचान नखुले सम्म सुरक्षित गरि राख्न गण्डकी प्रदेश अस्पताल पाेखरा पठाउने निर्णय गरेकाे छ ।
जिल्लामा शव सुरक्षित गर्ने उपयुक्त सव गृह नभएकाे र घटनामा बिदेशी नागरिकहरू समेत परेकाे हुन सक्ने हुँदा पहिचान हुने र पहिचान हुन नसकेका शवकाे हकमा फरेन्सिक विधि पनि अपनाईनु पर्ने हुदा लामाे समय शव सुरक्षित गर्न सुविधा युक्त स्थानमा पठाउन पर्ने बाध्यतात्मक अवस्था आएको हाे ।
जिल्लामा हाल भेटिएका शव र मानव अङ्गलाई नगर अस्पतालकाे एसी रूममा राखिएकाे र ती मध्यका ४० शव बिहिबार नै पाेखरा पठाउने तय भएकाे छ ।
बाढीले बगाई ल्याएकाे अवस्थामा गैडाकाेट नगर पालिकामा ४२,देवचुली नगरपालिकामा ८ मध्यविन्दु नगरपालिकामा १९ र विनयी त्रिवेणी गाउँ पालिकामा १२ शव फेला परेका हुन् ।
नारायणी नदीकाे तटीय क्षेत्रमा गैडाकाेट,देवचुली,कावासाेती,मध्यविन्दु नगर र विनयी त्रिवेणी गाउँ पालिका पर्दछ । नदीमा बाढी घट्दै जाँदा तटीय क्षेत्रमा शवहरू देखिने र सबै भन्दा बढी गण्डक ब्यारेज क्षेत्रमा शव भेटिने गरेकाे विगतका घटनाहरूले देखाएको स्थानीयहरू बताउँछन् ।













प्रतिक्रिया