बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको : प्रधानमन्त्री शाह


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु भएको छ। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टर तयारी अवस्थामा छन्।

नेपाली सेनाले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय नागरिक छन्। यस्तै, टनेलबाट ७ नेपाली नागरिकको समेत उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा उद्धार उपकरण पठाउने काम भइरहेको छ। नुवाकोटमा अस्थायी शिविर सञ्चालन गरी खाना र पानीको व्यवस्था गरिएको तथा ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

Skip This