धादिङको तरकारी कतारको रेस्टुरेन्टमा पुराउँदै आँकुरा कृषि सहकारी

0
Shares

धादिङ ।

कृषि प्रधान देश भएर पनि  कृषि उत्पादन  आत्मनिर्भर हुन नकसेको अवस्थामा धादिङका कृषकहरुले उत्पादन गरेको तरकारी विदेशको स्टार होटलका रेष्टुरेन्ट र रिसोर्टमा पुग्न थालेको खबर सुन्दा अनौठो लाग्न सक्छ तर धादिङका किसानहरुको मेहनत र पसिनाबाट उत्पादित तरकारी विदेशी होटलको खानाको मेनुमा पुग्न थालेपछि कृषकहरु उत्साही भएका छन् ।

अहिले धादिङको तरकारी कतारको रेष्टुरेन्टको मेनुमा समाबेश हुनुमा आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लि नीलकण्ठ ८ ले संयोजन गरेको छ ।

किसानहरुले गाउँमा उत्पादन गरेको फर्सिको मुन्टा, घिरौँला, लौका, सिमी, अकबरे खुर्सानी लायतका तरकारी धादिङका किसानले टिपेको २४ घण्टामा कतारको रेस्टुरेन्टमा पुग्न थालेकोपछि धादिङका किसानहरु हौसिएका छन् ।

खनियाबास गाउँपालिकाले झार्लाङ लगायतका क्षेत्रलाई अकबरे (डल्ले) खुर्सानी उत्पादनको क्षेत्र बनाएर व्यावसायिक खेती सुरु गरेको २ वर्ष भयो ।

१३०० मिटर र सो भन्दा माथिको क्षेत्रमा व्यावसायिक रुपमा ३ वर्षअघिदेखि अकबरे डल्ले खुसानस् रोप्न थालिएो हो यस वर्ष धेरै उत्पादन दिएको छ , खनियाबासले मात्र यस वर्ष ८-१० करोड डल्ले खुर्सानीबाट आम्दानी लिन्छ भन्ने अनुभान छ । खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।

खनियाबासमा स्थानीय सरकारले स्थानीय आम्दानी र समृद्धिका लागि गरेको लगानीले उत्पादन गरेको खुर्सानी सहित जिल्लाका विभिन्न भागबाट उत्पादन गरेको तरकारी विदेश निर्यात भएपछि व्यवसायिकतातर्फ किसानलाई आकर्षण बढेको व्यवसायक खेती र आँकुरा कृषि सहकारीमा सहयोगिको भूमिकामा रहनुभएका विष्णुहरी लम्सालले बताउनुभयो ।

विषधीरहित तकिारी किसानले टिपेर ल्याउने छन् । यसलाई विदेश निर्यातका लागि सहकारीमा ग्रेडिङ गरिने छ । त्यसपछि तरकारी नविग्रनेगरि पेपरमा बेरेर प्याक गरिएपछि कतार तरकारी पठाउने एजेन्टकोमा पठाइने छ । एजेन्ट मार्फत २४ घण्टाभित्र कतारको बजारबाट होटल र रेस्टुरेन्टमा तरकारी पुग्ने छ । सहकारीमा स्थापनादेखि क्रियाशील नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।  

सहकारीले सबै किसिमका तरकारी संकलन गर्छ । विचौलियाबिना सहकारीले खरिद गर्ने र मूख्य बजारहरुमा बिक्री गर्ने योजना सहित काम सुरु गरेको र अहिले किसानहरुले सहकारी मार्फत बिक्री आम्दानी गर्ने अवसर पाएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

आँकुरा कृषि तथा पशुपंक्षी सहकारीले यस वर्ष करिब १५ टन तरकारी १२ लाख बराबरको कतार पठाइसकेको छ ।

यतिखेर अकबरे खुर्सानी सबैभन्दा बढीमूल्यको कतार निर्यात भइरहेको छ । सहकारीमा अकबरे खुर्सानी धेरै आएको समयमा सहकारीले यसलाई ड्रायर गरेर सुकाइने छ र पछि मागको आधारमा बजारमा पठाइनेगरि प्याकिङ र ब्राण्डिङ गरेर बजार व्यवस्थापन गरिने सहकारीले जनाएको छ ।

आँकुरा कृषि तथा पशुपंक्षी सहकारीलाई संघीय सरकार, नीलकण्ठ नगरपालिका र हेफर इन्टरनेशनलले सहयोग उपलब्ध गराएपछि किसानलाई व्यावसायिक बनाउने र तरकारी उत्पादनले आम्दानी गर्न सिकाउने गरेको छ ।

नीलकण्ठ नगरपालिकाले भवन बनाउन २ करोड ३४ लाख, संघीय सरकारले ३९ लाख ७५ हजार र नीलकण्ठ र हेफर इन्टरनेशनलले स्थानीइ एक्सन नेपालमार्फत ड्रायर मेसिन, ग्रेडिङ टेबल चिस्यान केन्द्रको आवश्यक पूर्वाधार, अन्य मेसिन तथा उपकरण उपलब्ध गराएको छ । केही समयमै तरकारीको विषादी मापन गर्ने र त्यसलाई विषादी रहित बनाउने “वजन वास” मेसिन उपलब्ध गराएपछि सफा र अर्गानीक तरकारी उपभोक्ताले पाउनेगरि व्यवस्थापन हुने सहकारीका कृष्ण कोइरालाले जानकारी दिनुभयो ।