केन्यामा हेलिकप्टर दुर्घटना, इक्वेडरका गुप्तचर प्रमुखसहित ७ जनाको मृत्यु


काठमाडौँ ।

केन्यामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिशेल सेन्सी कोन्टोगी र उनकी श्रीमती स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन्।

इक्वेडरका गुप्तचर प्रमुख कोन्टोगी र उनकी श्रीमती साम्बुरु काउन्टीमा दुर्घटनामा मृत्यु भएका सात जनामध्ये रहेको जनाइएको छ।

केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर लुइजाबाको संरक्षित वन्यजन्तु क्षेत्रबाट उडेर केन्याका विभिन्न भूभाग हुँदै बग्ने इवासो न्यरो नदीतर्फ जाँदै थियो।

दुर्घटनाको कारणबारे केन्याको यातायात मन्त्रालय र हवाई दुर्घटना अनुसन्धान विभागले अनुसन्धान गर्ने भएका छन्। अनुसन्धानमार्फत हेलिकप्टर दुर्घटनाको कारण र त्यससँग जोडिएका परिस्थितिबारे तथ्य पत्ता लगाउने प्रयास गरिने प्राधिकरणले जनाएको छ।